मकवानपुरमा यात्रुवाहक बस दुर्घटना : ४३ जना घाइते
अनिल पराजुलीहेटौँडा, वैशाख ४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते हुनुभएको छ । बिहीबार बिहान ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते हुनुभएको छ । मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस दुर्घटनामा पूर्वी नवलपरासी कावासोती नगरपालिका–४ हसौराका १६ वर्षीय इसा महतो, सिराहा धनगढीमाई नगरपालिका–६ का ६८ वर्षीय राम चन्द्र महतो, मोरङ विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पूजा राई, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, अर्घाखाँची बस्ने २४ वर्षीय यामडी हारुन, २९ वर्षीय महोमद सामुदिन, रुपन्देही बस्ने १२ वर्षीय अनुराधा चौधरी, देश भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल, हाल वतन नखुलेको अन्दाजी ४६ वर्षीय मिना चौधरी घाइते हुनुभएको हो । उहाँहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । त्यस्तै सुनसरी इनरुवा–१ बस्ने १९ वर्षीय रेष्मा प्रसाईँ, ४६ वर्षीय राजेन्द्र कुमार प्रसाईँ, सुनसरी लहान घर भई हाल चितवन भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देही भैरहवा बस्ने १५ वर्षीय लक्ष्मी चौधरी, २ वर्षीय ओम चौधरी, मोरङ विराटनगर–६ बस्ने १७ वर्षीय भूमिका कुमारी राई, भारत घर भई हाल चितवन–१० बस्ने १२ वर्षीय आवृत्ति साह, नवलपरासी कावासोती–४ बस्ने ६५ वर्षीय नन्द कुमारी महतो, भारत सपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महमत गुल्सेर, सप्तरी छिन्नमस्ना गाउँपालिका–५ बस्ने २७ वर्षीय सम्भु कुमार चौधरी घाइते हुनु भएको हो । त्यस्तै सवारी दुर्घटनामा भारत सिपोल जिल्ला कुशर यरार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरी दुधेवसी–९ बस्ने ३४ वर्षीय इन्द्रजित साह, सुनसरी धरान नगरपालिका–१७ बस्ने ३९ वर्षीय खडक बि.क., सप्तरी खडक नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश साह, सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३६ वर्षीय धिरज चौधरी, सुनसरी इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, सुनसरी धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, चितवन–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुर बेला नगरपालिका–१बस्ने ३० वर्षीय पूजा बस्नेत, सुनसरी बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदिप काफ्ले, ३० वर्षीय सुजन काफ्ले घाइते हुनुभएको छ । त्यस्तै रुकुम बस्ने २४ वर्षीय बेबी ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल रश्मि, सुनसरी धरान–५ बस्ने २४ वर्षीय दान बहादुर नेपाली, सुनसरी वराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, सुनसरी इटहरी–१ बस्ने २९ वर्षीय सिवा थारु, २ वर्षीय हमान थारु, नवलपरासी कावासोती–४ बस्ने १४ वर्षीय उर्मिला महतो, ७ वर्षीय सम्झना महतो, नवलपरासी पश्चिम सुस्ता बस्ने २७ वर्षीय मनीषा पुलामी मगर, ८ वर्षीय माहयु थापामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा भोजपुर हलुवागढि–४ बस्ने २१ वर्षीय ममता नेपाली, सप्तरी खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी, सुनसरी वराहक्षेत्र नगरपालिका–३ बस्ने ३४ वर्षीय विसन धामी घाइते हुनुभएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।
एक करोड १५ लाख लिटर दूध प्रशोधन
चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।
बिस्काःसगुन जात्रा सम्पन्न
बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ ।
देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव
हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।
बुद्धिष्ट इन्टरनेसनल ट्राभल जेठ १० गतेदेखि
बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ १० गतेदेखि हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्ट आयोजना गर्न लागेको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
दुगुनागढीको पुनर्निर्माण
भोटेकोशी गाउँपालिका–३ मा अवस्थित १६० वर्ष पुरानो ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण गरिएको छ । बागमती प्रदेश सरकारले ३० लाख
विद्यार्थी भर्ना अभियान ठप्प
शिक्षकको आन्दोलनका कारण चितवनका सामुदायिक विद्यालयको भर्ना अभियान रोकिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाख २ गतेबाट हुने भर्ना अभियान रोकिएपछि जिल्लाका सामु
३१औँ पटक सगरमाथाको आरोहण गर्दै कामीरिता, आफ्नै कीर्तिमान तोड्ने
काठमाडौँ, वैशाख ४ गते । ३०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण कामीरिता शेर्पाले यस पटक ३१ औँ पटक फेरी आरोहण गर्ने हुनु भएको छ । उहाँ आरोहणका लागि आधार शिविर तर्फ हिँडी सक्नु भएको छ । विश्वबाटै सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने आरोही कामीरिता हो । उहाँले यस पटक आफ्नो विश्व कीर्तिमान आफैले तोड्ने हुनु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ । उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले राससलाई जानकारी दिनुभयो । “सगरमाथा आरोहणका लागि एक÷दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उहाँले भन्नुभयो ।आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गर्नुभयो । भन्नुभयो, मेरो यो पेशा हो कीर्तिमान होइन । एकतिसौँ पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । यसका साथै ३०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताउनुभयो ।सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटकजसो सगरमाथाको प्राकृतिक स्वरुपको ‘रेकर्ड’ तोड्दे गएको आफूले महसुस गरेको शेर्पाले सुनाउनुभयो । “मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्वकीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बद्लाव आएको छ । हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ”, उहाँले भन्नुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताउनुभयो । जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा अफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ । सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् । कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल तीन सय ११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणमार्फत रु ५२ करोड ६४ लाख रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ४६ करोड ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ । विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माणसम्पन्न भएको विभागले जनाएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताउनुभयो । उहाँले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिनुभयो ।सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाउनुभएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का आरोहण सुरु भएयता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।
नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैन : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनु भएको छ ।
प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमका लागि सहतिय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।
बागमती प्रदेशस्तरीय पावरलिफ्टिङको तयारी
ललितपुर जिल्ला पावरलिफ्टिङ सङ्घको आयोजना वैशाख ५ र ६ गते बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो ।
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले बुधबार विषयगत सुझावहरू बुझाएको छ ।
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ ।
मेडिकल कलेजको सिट सङ्ख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
स्व. न्यौपाने लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, सङ्घर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ ।
बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख
सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताउनुभएको छ । बुधबार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेटसम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताउनुभएको हो ।
एक वर्षभित्र पुनर्निर्माणको काम सक्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताउनुभएको छ ।