• ६ वैशाख २०८२, शनिबार

स्व. न्यौपाने लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार काठमाडौँमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली कांग्रेसका नेता स्व। चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख ३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, सङ्घर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. न्यौपानेलाई आफूले कांग्रेसको निष्ठावान, सङ्घर्षशील र लोकतन्त्रवादी अनुयायीको रूपमा चिनेको उल्लेख गर्नुभयो । उहाँले स्व.न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठुलो योगदान गर्नुभएको जिकिर गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, सङ्घर्षशील र लोकतन्त्रवादी अनुयायीको रूपमा चिनेको छु । उहाँहरूको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठुलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भुमिका खेल्नुभयो ।’’

सोही अवसरमा सभापति देउवाले स्व. न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेट भएको र उहाँमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताउनुभयो ।