कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यही वैशाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिनुुभएको छ ।
नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को विन्दुमा कायम भएको छ ।
१३ दिनसम्म पनि सम्बोधन हुन सकेन आवासीय चिकित्सकका माग
आन्दोलनमा उत्रिएको १३ औँ दिनसम्म पनि आवासीय चिकित्सकका माग सम्बोधन हुन सकेको छैन । सरकारी आवासीय चिकित्सक (आठौँ तह) बराबरको निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक १३ दिनदेखि आन्दोलनरत छन् ।
दक्ष जनशक्ति उत्पादन गर्न प्रसुति अस्पतालमा सिमुलेसन ल्याब सञ्चालनमा
मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गर्नुभयो ।
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभएको छ ।
विमानस्थलबाट गाँजासहित एक पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभयो ।
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् ।
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ ।
‘मुख स्वास्थ्यलाई हेलचेक्र्याइँ गर्दा पूरै शरीरमा असर पुग्छ’
धेरैले मुख स्वास्थ्यलाई बेवास्ता गर्दै आएका छन् । मुख स्वास्थ्यलाई रोकथाम गर्न सकिने भए पनि हेलचेक्र्याइँ गर्दा धेरै मानिस मुखसम्बन्धी रोगबाट प्रभावित हुने गरेकको चिकित्सकको भनाइ छ ।
थिमीमा सिन्दूर जात्रा
भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो (फोटो फिचर)
मकवानपुरको विकट कैलाश गाउँपालिकाको वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ को सुरुसँगै मकवानपुर, धादिङ र चितवनका पर्यटकको यहाँ घुइँचो लागेको हो ।
सुनचाँदीको मूल्य घट्यो
गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
मानिसको भिड, भिडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि
‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सहिद स्मारकमा बिस हजार पर्यटक
हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार आन्तरिक तथा बाह्य पर्यटक थेगी नसक्नु गरी पुगेका छन् ।
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा
काठमाडौँ, वैशाख २ गते । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् ।
सौराहाका होटेल भरिभराउ
नेपाली नयाँ वर्ष मनाउन आउनेहरू वृद्धि भएपछि सौराहाका होटेल चार दिनदेखि भरिएका छन् । अन्य समयमा सामान्य चहलपहल हुने सौराहा शुक्रबारदेखि आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।
एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ ।
मेयरकपको उपाधि वडा नं.– ७ को पोल्टामा
पुतलीबजार नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष तथा महिला भलिवलमा पुरुष तर्फको उपाधि वडा नं.–७ ले जितेको छ ।
आयोगको १८ औँ बैठक बस्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न माग गरेको छ । संघले सोमबार विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न सरकार समक्ष माग गरेको हो ।
विद्यार्थी टिकाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।