ल्होछारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताउनुभएको छ ।
नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन
नेपालमा सुत्केरी हुन नसकेर प्रत्येक दिन दुई जना महिलाकाे मृत्यु हुने तथ्याङ् रहेकाे उहाँले उल्लेख गर्नुभयाे ।
विपक्षी दलको बैठक : सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय
विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
तेह्र वर्षपछि पलायो पानी
यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।
यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु. २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालय र निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने निर्णय
प्रदेश सरकारका सचिवहरूको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले मन्त्रालयहरूको कामको समीक्षा गर्दै प्रदेशका सबै मन्त्रालय/निकायहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआईओएमएस) कार्यान्वयनमा तदारुकता ल्याउने निर्णय गरेको हो ।
चाडपर्वले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउँछ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताउनुभएको छ ।
चित्लाङमा दुई पक्कीको पुल शिलान्यास
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ खोलामा दुई वटा पक्की पुलको निर्माण थालिएको छ । वडाको कपुगाउँ, खर्क, खलिवनलगायत वडा कार्यालय तथा काठमाडौं आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्की पुल निर्माण थालिएको हो ।
ढुङ्गेधारा
काठमाडौँ, माघ १७ गते । शङ्खरापुर नगरपालिका ७ स्थित साँखु बजारमा रहेको ऐतिहासिक साखास् गास्हिती ढुङ्गेधारा । तस्बिरः रासस
चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्छ: मुख्यमन्त्री
राममणि दाहालहेटौँडा, माघ १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले हाम्रो चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने बताउनुभएको छ ।तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६१ (डुलः सा पुखी ल्हो) सोनाम ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले सोनाम ल्होसार पर्वले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री लामाले सोनाम ल्होसारको अवसरमा सम्भोटा र नेपाली भाषामा शुभकामना जारी गर्दै आफू नेतृत्वको बागमती प्रदेश सरकार गठन भए पश्चात् बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन यही माघ११ गते मन्त्रिपरिषद्को बैठकको निर्णयबाट कार्यान्वयनमा लैजाने निर्णय गरिएको स्मरण गर्नुभएको छ ।शुभकामना सन्देशमा उहाँले प्रदेशमा तामाङ भाषाको थप संरक्षण एवम् प्रवद्र्वनमा ठुलो टेवा पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ, ल्होसारले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।मञ्जुश्री पात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने सोनाम ल्होसार पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई तामाङ सेलो भाकामा गीत गाउँदै नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। ’ल्होसार’ तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाउने गर्दछन्। धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्त्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको भन्दै उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।बागमती प्रदेश भित्रका बहुसङ्ख्यक जाति तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको बताउँदै उहाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रमुख देवकोटाद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ल्होसार पर्व २०८१ को अवसरमा तामाङ समुदायसहित देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।
पिएसबीको अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ : डा विष्ट
संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो ।
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
स्वास्थ्य जाँच रिपोर्ट अब क्युआर कोडबाटै
अब स्वास्थ्य जाँच रिपोर्ट लिन अस्पतालमा धाउन नपर्ने भएको छ । भरतपुर अस्पतालमा बिरामीले ल्याब परीक्षणका लागि दिएको रिपोर्ट अब क्युआर कोडमै पाउने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय निर्माण महोत्सव हुने
निर्माण व्यवसायी सङ्घ मकवानपुर र नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण उद्योगको प्रवद्र्धन
लोसारले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिनेछ : सभापति देउवा
सोनाम लोसार पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बताउनुभएको छ । यस अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ, माघ १७ गते । राष्ट्रि«यसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभयो । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनामल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने गरिन्छ । “नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ”, अध्यक्ष दाहालले भन्नुभएको छ,“प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस प्रकारका पर्वहरुले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”
चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख
काठमाडौँ, माघ १७ गते । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ । तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उहाँले उल्लेख गर्नुभएको छ ।
एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति
काठमाडौँ, माघ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ । सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
लक्ष्यभन्दा कम राजस्व सङ्कलन
तातोपानी नाकाबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । प्राकृतिक प्रकोप र नीतिगत अवरोधका कारण चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ८६.८३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि प्रस्ताव माग गरेको छ ।