• ३ वैशाख २०८२, बुधबार

सौराहाका होटेल भरिभराउ

blog

तस्बिर :शालिग्राम नेपाल सौराहाको राप्ती नदी किनारमा पर्यटकको चहलपहल ।

चितवन समाचारदाता

चितवन, वैशाख २ गते । नेपाली नयाँ वर्ष मनाउन आउनेहरू वृद्धि भएपछि सौराहाका होटेल चार दिनदेखि भरिएका छन् । अन्य समयमा सामान्य चहलपहल हुने सौराहा शुक्रबारदेखि आन्तरिक पर्यटकले भरिभराउ भएको छ । 

लायन्स क्लबको महाधिवेशनकोे सौराहाको नयाँ निर्माण भएको सभा हलमा आयोजना गरिएको थियो । महाधिवेशनमा सहभागी हुनुभएका करिब एक हजार सहभागी सौराहाका होटेलमा बसेका छन् । चार दिनसम्म होटेल भरिभराउ भएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले बताउनुभयो । एउटा त लायन्सको कार्यव्रmम भयो, अर्को बिचमा आइतबार अगाडि पछाडि बिदा भएकाले पनि होटेल भरिएका हुन्, उहाँले भन्नुभयो । 

यो समयमा सार्वजनिक बिदा मात्र होइन, विद्यालय बिदा परेकाले अभिभावक, विद्यार्थी, शिक्षक सबैलाई फुर्सद मिलेर घुम्न आउने बढेको उहाँले बताउनुभयो ।  

नयाँ वर्षको साँझमा सौराहाका होटेल भरिन्छन् । विगतका वर्षमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । अहिले त्यस्तो नहोला तर पनि होटेलहरू भरिने गरेको होटेल व्यवसायी महेश खनालले बताउनुभयो । यस वर्ष चार÷पाँच दिन नै होटेल भरिएका छन् । अन्य समयमा हुने कार्यव्रmम यथावत् छ, पर्व विशेष भएर आउनेको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । 

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा परेकाले छोटो बसाइका लागि आउनेको रोजाइ सौराहा हुने गरेको बताउनुभयो । चार÷पाँच दिन होटेल सबै भरिएका छन् । सौराहामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले नयाँ वर्ष विशेष सांस्कृतिक कार्यव्रmम आयोजना गरेको छ । नयाँ वर्षकेन्द्रित भरतपुर नारायणगढ क्षेत्रमा तीन वटा र सौराहामा एउटा सांस्कृतिक कार्यव्रmम आयोजना भएको छ । सांस्कृतिक कार्यव्रmमले गर्दा पनि मानिसको चहलपहल वृद्धि हुने पूर्वअध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

हेटौँडाबाट परिवारसहित आउनुभएका रामशरण दुलालले विद्यालय बिदा भएपछि दुई दिन घुम्न आएको बताउनुभयो । नजिकै कम खर्चमा रमाइलो गर्न परिवारको रोजाइ नै सौराहा भएको उहाँको भनाइ थियो । हात्ती चढेर गैँडा हेर्ने रहर भएपछि यतै आएको उहाँले बताउनुभयो ।   

पाहुना बढेपछि होटेल व्यवसायीलाई व्यवस्थापन गर्न कठिन भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले पाहुनाका लागि कोठा मिलाउन भ्याइनभ्याइ भएको बताउनुभयो । “यस वर्ष धेरै पर्यटक आउनुभएको छ,” उहाँले भन्नुभयो, “यसैलाई ध्यानमा राखी सांस्कृतिक कार्यव्रmम आयोजना गरेका छौँ ।” यहाँ आउने पर्यटकको मुख्य रोजाइ निकुञ्जका जनावर हेर्ने रहेको छ । जङ्गल सफारीका लागि आउने पर्यटक सौराहाको बसाइपछि मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर सफारी गर्छन् । कोहीले जिप सफारी गर्ने गरेका छन् ।