नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि
धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ। भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो।
हेटौँडामा दैनिक तीन करोड लिटर बढी खानेपानी उत्पादन
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ ।
सङ्घीय संसदमा कुन कुन विधेयक दर्ता भए ?
सङ्घीय संसद् सचिवालयमा प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा तीन विधेयक दर्ता भएका छन् ।
काठमाडौँका ३६ ठाउँमा आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने
काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
रूपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रूपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
मकवानपुरबाट निर्यात घट्यो
मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ ।
प्रदेश सभा बैठकको बस्दै, विधेयक पेस हुने
बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
वर्षा कुँवरलाई ‘मिसेस ब्युटी क्विन’को उपाधि
‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ ।
यस्तो छ बागमती प्रदेशसभामा आजको कार्यसूची
बागमती प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ ।
सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताउनुभएको छ ।
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौं : राजकिशोर यादव
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बताउनुभएको छ ।
विदेशबाट पनि श्रम स्वीकृति
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
रविविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई चितवनमा सङ्गठित अपराधको मुद्दाबाट उन्मुक्ति दिँदै सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ ।
प्रेस चौतारी काभ्रेपलान्चोकको अध्यक्षमा तिमल्सिना
प्रेस चौतारी नेपाल काभ्रेपलान्चोक शाखाको आठौं अधिवेशनबाट गोरखापत्रकर्मी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने बताएको छ ।
लगानी प्रतिबद्धता उच्च, भित्रिने रकम न्यून
नेपालमा लगानी गर्ने भनेर वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आए पनि सो अनुपातमा रकम भित्रिन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा झन्डै २६ अर्ब लगानी प्रतिबद्धता आए पनि साढे छ अर्ब रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रतिबद्धता अनुसार भित्रिएको रकम न्यून रहेको छ ।
वीरलाई ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता
वीर अस्पतालले ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता पाएको छ । औषधी व्यवस्था विभागले सो अस्पताललाई ‘रिजनल फार्माकोभिजिलेन्स’ (औषधीको असर तथा गुणस्तरबारे रिपोर्ट गर्ने) सेन्टरको मान्यता दिएको हो ।
अवधि बढाउन सांसदको असहमति
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच सहकार्य
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच आपसी सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उहाँकी श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।
नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ ।