काठमाडौँ, वैशाख ८ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ वराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खाेजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सोमबार बिहान सप्तकोशीमा नुहाउने क्रममा खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य डुबेर बेपत्ता हुनुभएको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनापछि उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको उहाँले बताउनुभयो । गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजिकार्य सुरु गरेको छ ।