मनोहर खोलामा फसेका किरणको सकुशल उद्धार
अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ जोड्ने मनोहराखोला पुलमा फसेका किरण राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
राष्ट्रपति पौडेलसँग युरोपियन युनियनका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।
जोखिम मोलेर माछा मार्दै
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाब बढेको छ । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ भने नदीको भेलमा जोखिम मोलेर एक युवा माछा मार्दै छन् ।
प्रतिनिधि सभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
प्रतिनिधि सभाको आजको बैठकमा पनि सुन तस्करीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
बाढी पहिरोले तीन राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण ठाउँ-ठाँउमा आएको पहिरोले बिपी राजमार्ग, मध्येपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग मङगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनुभएको छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति
गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मङ्गलबार गृह मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
आमसञ्चार ऐन छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
नेपाललाई ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।
विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
सङ्घीयताबारे नकारात्मक टिप्पणी नगरौँ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।
सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरु
सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर सक्रिय रहँदै आउनुभएको छ । संसद् सुचारु गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार मङ्गलबार पनि तीन दलको बैठक सुरु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो ।
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न (फोटो फिचर)
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पहिरोले एक जनाको मृत्यु, एक परिवारका छ जना बेपत्ता
पूर्वी मकवानपुरको बागमती गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र छ जना बेपत्ता भएका छन् ।
बिक्री भएन सहुलियतको काठ
वन डिभिजन कार्यालयमार्फत सहुलियतमा दिँदै आएको चिरान काठ बिक्री नभएर गोदाममा थन्किएको छ । उपभोक्ताको माग अत्यधिक आएर पु-याउन मुस्किल हुने गरेकामा गत आर्थिक वर्षमा भने बिक्री नभएर गोदाममा थन्किएको हो । काठ बिक्री नभएर यसरी गोदाममा राख्नु परेको यो पहिलो घटना भएको डिभिजन कार्यालय चितवनका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । अघिल्लो आवमा अत्यधिक मागका कारण वितरण गर्न समस्या भएको थियो । आव २०७९/८० मा आवेदन दिन दुई पटक सूचना निकालिएको थियो ।
बिपी राजमार्गको एक किलोमिटर स्थानान्तरण गरिने
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका व्रmममा डुबानमा पर्ने बिपी राजमार्गको ९६५ मिटर सडक स्थानान्तरण गरिने भएको छ ।
लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान
लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो ।
भक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन
विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।
पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आँखाको सङ्क्रमण बढ्यो
विगतका वर्षमा पनि वर्षायाममा आँखा पाक्ने रोगको समस्या देखिन्थ्यो । यस वर्ष भने आँखा पाक्ने रोगले महामारीको रूप लिएको छ । वर्षाको समयमा
नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।