अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह
औषधि व्यवस्था विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह गरेको छ ।
महाधिवेशनको यात्रामा माओवादी
नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मधुगङ्गा महादेव मन्दिर
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-२ हत्पते लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक
मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि पुस्तकहरुको छनाेट गरी सार्वजानिक गरेको छ । बुधबार विज्ञप्तिमार्फत गुठीले सूची सार्वजनिक गरेको हो । विज्ञप्तिअनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर सूचीमा परेका छन् ।
मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।
रास्वपाको आरएटी टिमलाई काम नगर्न सिडियोको निर्देशन
चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
अझै केही दिन वर्षा हुने
काठमाडौँ, साउन २४ गते । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेकाले अझै दुई दिन वर्षाको सम्भावना छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । “मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिँदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । मङ्गलबार बिहान काठमाडौँमा भारी वर्षा भएको थियो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।रातिको समयमा पनि काेशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । रासस
नागरिकता विहीनको दुःख सम्बोधन गर्न नागरिकता ऐन : मन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम खाका (ड्राफ्ट) पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ ।
विषालु च्याउ खाँदा राक्सिराङका छ जना बिरामी
जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।
‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिनुभयो ।
दुधौलीमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु
सिन्धुलीको दुधौली नगरपालिकाले औलोराेग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर बालकको मृत्यु
दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।
बेपत्तामध्ये दुई जनाको शव फेला, दुई अझै बेपत्ता, एक जनाको १५ घण्टापछि उद्धार
मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका छ जनामध्ये दुई जनाको शव बुधवार बिहान फेला परेको हो ।
त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान
एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।
ग्रामीण सडकदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध
बागमती प्रदेशका विभिन्न जिल्लामा केही दिनयता भएको वर्षासँगै आएको बाढीपहिरोबाट ग्रामीण सडकसँगै राष्ट्रिय राजमार्ग अवरुद्ध बनेका छन् ।
बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।
अख्तियारमा तराईका जिल्लाबाट धेरै उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तराईका जिल्लाका सरकारी कार्यालयमा हुने गरेको अनियमितताविरुद्धका उजुरी बढी पर्ने गरेको पाइएको छ ।
बनेपा डुबानको समस्या समाधानका लागि समिति गठन
वर्षायाम सुरु भएसँगै पुण्यमाता खोलामा आउने बाढीका कारण बनेपाका विभिन्न क्षेत्र डुबानमा पर्ने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुण्यमाता खोला आसपासको क्षेत्रमा हुने डुबान समस्याको समाधानका लागि समिति गठन गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न पहल
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोग भन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
साइबर सुरक्षा कानुनको बाटो खुल्यो
नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले मन्त्रीपरिषद् बैठकले साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेसँगै साइबर सुरक्षासम्बन्धी कानुन बनाउने बाटो खुलेको बताउनुभयो। उहाँले मुलुकमा भरपर्दो, सुरक्षित एवं उत्थानशील साइबर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको जानकारी दिनुभयो।
१५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैङ्कलाई स्वीकृत दिने सरकारको निर्णय
सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।