आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
सभामुखबाट शीर्ष नेताको बैठक आव्हान
सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ ।
सञ्चालनमा आयो तीनलाल पार्क
रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क घुमफिरका लागि खुला गरिएको छ ।
सुन प्रकरण: १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो
सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई आज साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [सिआइबी]को हिरासतमा ल्याइएको छ ।
सरुवा बदर गराउन सिंहदरबारमा कर्मचारीको भिड
पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।
‘ब्लु बस’मा रङ र रुटको समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने
नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ ।
बागमती प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या बढाइँदै
बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले अढाई महिनापछि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।
आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द
आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।
चलचित्रकर्मीलाई 'भुवन चैत्य वसुन्धरा' पुरस्कार
कार्यक्रममा यादव खरेल, नीर शाह, गणेश रसिक, शिव श्रेष्ठ, मिथिला शर्मा तथा शर्मिला मल्ललाई सम्मान प्रदान गरिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण असोजको पहिलो साता
परराष्ट्रमन्त्री एनपी साउदले आज उहाँले सेप्टेम्बरको तेस्रो/चौथाे (असाेजको पहिलो वा तेस्रो साता ) साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो, “हामी त्यसको तयारी अवस्थामा छौँ ।
आँखा पाक्ने समस्या बढेपछि कमलामाईका विद्यालय पाँच दिन बन्द
सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।
वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने माध्यमका रुपमा अघि बढाइने बताउनुभएको छ ।
शिव सर्किटको शुभारम्भ
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेँलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे ।
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना शुभेच्छुकहरूको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याउनुभएको छ ।
एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बिच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ) को चरणमा पुगेको छ ।
ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड
घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवम् वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
पेस्तोल चोरी गर्ने दुई पक्राउ
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
'बनेपा फुटबल एकेडेमी' स्थापना
काभ्रेपलाञ्चोक जिल्लामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल एकेडेमीको स्थापना गरिएको छ ।
ढलान भत्काएर सामाखुसी खोलाको रड सफाइको काम तीव्र
काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोला माथि आरसिसी ढलान गरेपछि भत्काएर रड लाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानी बारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ ।
बुङ्मतीको इँटाले बजार पाएन
ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।
सङ्घीय निजामती ऐन मन्त्रिपरिषद् बैठकमा पेस हुँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।