• ७ वैशाख २०८१, शुक्रबार

मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक

blog

सिफारिसमा परेका पाँच पुस्तकको सूची ।

सन्तोष सुवेदी

कास्की, साउन २४ गते । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि पुस्तकहरुको छनाेट गरी सार्वजनिक गरेको छ । बुधबार विज्ञप्तिमार्फत गुठीले सूची सार्वजानिक गरेको हो । विज्ञप्तिअनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर सूचीमा परेका छन् ।

पुरस्कारका लागि गुठीलाई ३ सय १३ पुस्तक प्राप्त भएका थिए । छनाेटमा परेका पुस्तकमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिको रुपमा २०७९ सालकाे मदन पुरस्कार अर्पण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले बताउनुभयो ।