कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेश गर्न निर्देशन
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेश गर्नका लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।
फिक्कलमा पहिलो चौमासिकमा १० करोडभन्दा बढी खर्च
सिन्धुलीको फिक्कल गाउँपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो चौमासिकमा १० करोड २९ लाख २७ हजार ९४२ रुपियाँ बजेट खर्च गरेको छ ।
समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यकः न्यायाधीश मल्ल
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नका लागि स्पष्ट कानुन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गर्नुभएको छ ।
बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौति
पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठुलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ ।
सरकारी निकायहरुबिच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल
सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीयता आइसकेपछि सरकारी निकायहरुबिच समन्वयको अभाव देखिएको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माणमा सक्रियतापूर्वक लागेको छु’
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ ।
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लामिछानेको फोटोबारे सत्यतथ्य बाहिर आउँछ : गृह मन्त्री
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।
औषधीको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिइराख्नुभएको छ ।
घट्यो सुनको मूल्य
बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय स्तरमै माछा खपत
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले उत्पादन गरेको माछा स्थानीय स्तरमै खपत हुने गरेको छ ।
सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गल खरिबोट बस्ने १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मण्डलामा आजबाट नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।
मेलम्चीको पानी आपूर्तिः ‘पाइपलाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइपलाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो ।
सुन्तलाको व्यापार
नुवाकोट, पुस ४ गते । नुवाकोटको म्यागङ गाउँपालिका–२ बुङताङका किसान छेप्पन तामाङले उत्पादन गरेको सुन्तला बजार लैजाने तयारी गर्दै । यहाँको उत्पादन गुणस्तरीय हुने हुँदा माग अनुसार उक्त सुन्तला पोखरा लैजान लागिएको उहाँले जानकारी दिनुभयो । तस्बिरः रासस
हात्तीको आक्रमणबाट माउते घाइते
हात्तीको आक्रमणबाट एक जना माउते घाइते हुनुभएको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते हुनुभएको हो ।
प्राविधिकद्वारा कृष्णभिर पहिरो अध्ययन गरिँदै
मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभिरमा प्राविधिकको अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा मात्र विस्तारको काम हुनेभएको छ । चौबिस वर्षअगाडि पहिरो
हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ ।