प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीविच भेट
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो ।
प्रधानन्यायाधीशसमक्ष बारको ध्यानाकर्षण
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल बार एशोसिएशनले काठमाडौँ घोषणा-पत्र, २०८१ कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ ।
चार महिनामा आशा जगाउने काम गरेको छु : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।
‘कोशी प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यकारुपमा विकास गर्ने बताउनुभएको छ ।
बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकको समय परिवर्तन
प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।
नेप्से परिसूचक ५२ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत
चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।
काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ
प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।
गल्ती गर्ने कोही बच्नु हुँदैन : गृहमन्त्री लामिछाने
कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले सो कुरा बताउनुभएको हो ।
जोखिममा रहेका परिवारलाई स्थानान्तरण
काठमाडौँको टोखा नगरपालिका –३ भूतखेल चौरनजिक वर्षाका कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बागमती किनारमा वृक्षरोपण
कोटेश्वर-तीनकुने क्षेत्रको बागमती किनारमा वृक्षारोपण गरिएको छ । म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा बागमती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज रोपिएको हो ।
शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरू
बुढानीलकण्ठ नगरपालिका–१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन ।
मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने
सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत आयोजनाको डिसेन्डर स्वल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ ।
नारायणी नदीमा एक पुरुषको शव फेला
चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले आइतबार बिहान नारायणी नदीमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा १४९ सुरक्षा फौज परिचालन
त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सिमलताल पहिरो : पाँच जनाको शव भेटियो
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो । आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
सिमलताल बस दुर्घटना : बस र यात्रुको खोजी कार्य गोलाघाटसम्म गरिने
त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
गैँडाकोटमा भेटिएको दुई शवको पहिचान
नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सिँचाइको काम अन्तिम चरणमा
रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरपानीस्थित घोर्माफाँट लिफ्ट सिँचाइ योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोर्माफाँटमा आदिवासी अल्पसङ्ख्यक माझी समुदायको बसोबास छ । नजिक सुनकोशीको अथाह जलप्रवाह भए पनि घोर्माफाँट भने सुक्खा छ ।
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।