रुपेशलाई बुद्धिचाल उपाधि
महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा संचालन भएको प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैसवालले जित्नुभएको छ ।
एनभिए भलिबल : हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । हेल्प नेपाल पुरुष र एभरेष्ट महिलामा च्याम्पियन बनेको हो ।
सञ्चारमाध्यममा दलित सहभागिता न्यून
सञ्चार माध्यममा दलित समुदायको सहभागिता वृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जागरण मिडिया सेन्टरद्वारा शनिबार आयोजित आमसञ्चारमा दलित सवाल र समावेशीकरण विषयक अन्तरक्रियामा मिडियामा दलित सहभागिता दुई प्रतिशत मात्र भएको अध्ययन प्रतिवेदनले देखाएको हो ।
खेल क्षेत्रको विकासका लागि सोमबारबाट एक्सन लिन्छु
युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्ति स्वस्फुर्त र निष्पक्ष हुने बताउनुभएको छ।
चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्षको ‘कूटनीतिक नोट’
चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कुटनीतिक (डिप्लोमेटिक) नोट पठाएको छ ।
तीन दिनसम्म हल्का पानी पर्ने
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले बताउनुभयो ।
सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरणमा ल्याउन जोड
सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे समाज नै अलमलमा
जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, समाज नै अलमलमै रहेकाले मानवअधिकारको हनन भइरहेको छ ।
चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने
फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार (पर्सी) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।