रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।
महानगरका बालगृह मापदण्डविपरीत
भरतपुर महानगरपालिकामा सञ्चालन भएका केही बालगृह मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीसहितको टोलीले आइतबार निरीक्षण एवं अनुगमनका क्रममा मापदण्डअनुसार बालगृह सञ्चालन नभएको पाइएको हो ।
शैक्षिक संरचना निर्माणमा साढे सात अर्ब
२०७२ को भूकम्पबाट क्षति पुगेका काभ्रेका शैक्षिक पूर्वाधार निर्माणमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुगेका ३८१ वटा विद्यालय, शौचालय र खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च हुने जनाएको छ ।
बाँदर भगाउने बन्दुक वितरण
रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ का किसानलाई बाँदर भगाउने बन्दुक उपलब्ध गराएको छ । बाँदरले किसानले लगाएको बालीमा क्षति पु¥याएपछि किसानको मागअनुसार बाँदर भगाउने बन्दुक प्रदान गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
‘एक घर, एक बाँदर’ पाल्ने योजना
दोलखाको कालिञ्चोक गाउँपालिकाले एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउन लागेको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश भएको यो कार्यक्रम पारित भइसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने
कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएसँगै बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६÷७७ देखि वितरण गरिएको कृषि अनुदान वितरणमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन उपसमिति गठन गरेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
वर्षाले ग्रामीण सडक बिग्रिए
सिन्धुली जिल्लामा वर्षाका कारण ग्रामीण क्षेत्रका सडक बिग्रिएका छन् । दुई दिनसम्म परेको अविरल वर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ सडक, सोलाभञ्ज्याङ–मझुवा सडक, खनियाँखर्क–तीनकन्या सडक, बस्तीपुर–रामपुरलगायतका ग्रामीण सडक भत्किएर आवतजावतमा स्थानीयलाई समस्या भएको हो ।
‘मुख्यमन्त्री परिवर्तनको सम्भावना छैन’
बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन केन्द्रमा सत्तारूढ गठबन्धनको निर्णय नभएसम्म नहुने भएको छ । बागमती प्रदेशका सत्ता गठबन्धनका नेताहरूले प्रदेशमा भएको सहमतिअनुसार नेतृत्व परिवर्तन गर्न दबाब बढाउँदै गर्दा नेकपा (एकीकृत समाजवादी)को शनिबार काठमाडौँमा बसेको संसदीय दलको बैठकले सत्तारूढ गठबन्धनको केन्द्रमा निर्णय नभएसम्म बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने निष्कर्ष निकालेको हो ।