बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा...
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।
नक्कली बिल र झुट्टा लेखापरीक्षण : साढे नाै लाख रकम हिनामिना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीमाथि रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।
वडास्तरमा योजना सम्झौताका लागि घुम्ती शिविर आयोजना
जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाले घुम्ती शिविरको आयोजना गरेर योजनाको सम्झौता कार्य गरेको छ ।
ब्याक गर्ने क्रममा ब्रेक फेल भएर बस दुर्घटना, चालक घाइते
रोकिराखेको बस ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नयाँ प्रतिनिधि छान्न आतुर छन् मतदाता
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र यससँग सरोकार राख्ने व्यक्तिले उत्तिकै चासोका साथ काम अघि बढाइरहेका छन् भने राजनीतिक दलहरूले समेत आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् ।
सत्ताइस मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाका २७ वटा मतदान स्थल अति संवेदनशील ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदान स्थललाई अति संवेदनशील ठहर गरेको हो ।
पुरानै शैलीमा बन्यो बुलबुले ताल
सुर्खेतको प्रख्यात बुलबुले ताल जीर्ण हुन थालेपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेको मुख्य ताललाई भत्काएर नयाँ संरचना समावेश गरी पुरानै शैलीमा पुनर्निर्माण गरेको हो ।
खानेपानीका लागि करोडौ रकम खर्च, योजना भने अलपत्र
आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका ११० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी
गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ ।
जडीबुटी सङ्कलकको ओढारमा बास
बनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता छ ।
मध्यरातसम्म सेवा प्रदान
जिल्लास्थित सामाजिक विकास कार्यालयले मध्यरातसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । चालु आवमा सञ्चालन गरिने धेरै योजनाको पेस्की भुक्तानी दिने काम गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि राति १२ बजेसम्म सेवा दिने गरेको हो ।
राडार मर्मत गर्न डेढ करोड रुपियाँ
जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न निर्माण गरिएको सुर्खेतको मौसमी राडार बिग्रेको तीन वर्ष भयो । मर्मत गर्न नसकिएको सो राडार चालु आर्थिक वर्षमा डेढ करोड रुपियाँ बजेट विनियोजन गरिएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिका लागि अवसर नभएको गुनासो
जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले अवसर नदिएको गुनासो गरेका छन् । राज्यका विभिन्न तहमा रहेका निकायहरु बाट आफुहरुका लागि प्रयाप्त जीवन निर्वाहको अवसर नदिएको उनिहरुको गुनासो रहेको छ ।
सूचना प्रविधिमा विश्वास गर्दैन राउटे समुदाय
सूचना प्रविधिको यतिको विकास भए पनि राउटे समुदाय आफूलाई त्यसबाट टाढा राखेको छ । आफ्नो मौलिकता गुम्ने हो कि डरले उनीहरू मोबाइल जस्ता सञ्चार प्रविधि प्रयोगमा ल्याउँदैन ।
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
कपुरकोटमा सफारी दुर्घटना, छ जना घाइते
सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३, नयाँरोड नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४, बाँकेज्युलास्थित भेरी काेरिडोरमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोटको राडीतर्फ जाँदै गरेको लु १ ज २०८२ नम्वरको जिप दुर्घटना भएको हो ।
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ ।
रुख कटानको काम अन्तिम चरणमा
भेरी लिफ्टिङ आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरू
लाइसेन्समा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक्स प्रणाली लागू
सवारी अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नक्कली परीक्षार्थीहरुको प्रवेश रोक्नका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले नयाँ जुक्ति अवलम्बन गरेको छ ।
अत्यधिक चिसोले योजना निर्माण कार्य बन्द
उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
दस वर्षपछि गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती गर्ने कार्य सुरु
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दस वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालो पत्रे गर्ने कार्य सुरु गरिएको हो ।