आगलागी सचेतना
वनजङ्गलमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जुम्लामा सशस्त्र प्रहरीले सचेतनामूलक अभ्यास प्रदर्शन गरेको छ। सशस्त्र प्रहरीबल ३३ नं. गणले आफ्नो २२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चन्दननाथ नगरपालिका–१०, गैरागाउँमा सो अभ्यास गरेको थियो। घरमा आगो लागे आगो नियन्त्रण कसरी गर्ने ? घरमा भएका मानिसलाई कसरी उद्धार गर्ने ? भन्ने विषयमा सर्वसाधारणलाई सचेतना गराएको जनाइएको छ।
उद्यम विकासमा पालिकाको पहल
सुर्खेतको चौकुने गाउँपालिकाले उद्यम विकासमा जोड दिएको छ। विकासको मूल प्रवाहीकरणका लागि पालिकाले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन तथा घरेलु उद्योग प्रोत्साहनको नीति लिएको छ। जसका लागि पालिकाले घरेलु उद्योगसँगको सहकार्यमा उद्यमीलाई तालिम र आवश्यक उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ।
छ महिनामा नौ प्रतिशत मात्र खर्च
बजेट कार्यान्वयनमा विगतदेखि नै कमजोर रहेको कर्णाली प्रदेश सरकारले अझै पनि यो अवस्था सुधार गर्न सकेको देखिएको छैन। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष (२०७९/८०)को पहिलो छ महिनामा ९.०८ प्रतिशत मात्र विकास बजेट खर्च गरेको पाइएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म समग्रमा १३ दशमलव ०४ प्रतिशत बजेट खर्च गरेको प्रदेशले चालूतर्फ भने १८ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ।
चार महिना पुग्दा पनि मर्मत भएन झोलुङ्गे पुल
गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।
सुर्खेत सडक दुर्घटना : चार सहपाठी सँगै अस्ताए
आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
यारी–हिल्सा सडक अवरुद्ध
लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताउनुभयो।
फोहोर विसर्जनमा हेलचेक्र्याइँ
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको आरोप लागेको छ। नगर क्षेत्रबाट सङ्कलित फोहोरको उचित व्यवस्थापन नगर्दा छिमेकी पालिका वराहतालमा असर परेको बताइएको हो। वीरेन्द्रनगरले वडा नं. १ स्थित तारेभीर नजिकै फोहोर विर्सजन गर्दै आएको छ। उक्त ठाउँ वराहताल–१० को पूर्व सिमानासँग जोडिएको छ। बस्तीनजिकै फोहोर जलाउँदा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै विरोध भएको छ। फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुई पालिकाबीच लामो समयदेखि द्वन्द्व छ।
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रैथाने बाली खरिदमा थप अनुुदान
सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बालीको खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तय गरेको खरिद मूल्यमा थप हो। गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले रैथाने बालीको उत्पादन खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने जानकारी दिनुभयो। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुदान दिने निष्कर्षमा गाउँपालिका पुगेको हो।
पक्की पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम
कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथी पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
बादी समुदायको समस्या समाधान गर्न प्रतिवेदन तयार
कर्णाली प्रदेशका बादी समुदायको दिगो विकास र उत्थानको सम्बन्धमा गठित कार्यदलले सुझाव तथा सिफारिससहित अध्ययन प्रतिवेदन तयार गरेको छ। अध्ययनका लागि प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।
इतिहास लेखन विज्ञ टोली गाउँमा
दैलेखको इतिहास लेखन कार्यका लागि विज्ञहरू गाउँगाउँमा पुग्नुभएको छ। इतिहासविद् डा. राजाराम सुवेदी र डा. मधुसूदन गिरीको टोली जिल्लाका ११ वटा पालिकामा पुगेर त्यहाँका कला, साहित्य ऐतिहासिक, धार्मिक पुरातात्त्विक, सम्पदाहरूको अध्ययन अवलोकन गरिरहनुभएको हो।
बालबालिकाको सुरक्षामा सेफ हाउस स्थापना
जाजरकोटको छेडा बजारमामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । प्रहरी चौकी छेडा बजारबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका १ छेडा बजारमा सेफ हाउस सञ्चालनमा ल्याएको हो ।
कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैठौं बैठकमा शर्माले विश्वासको मत प्राप्त गर्नु भएको हो ।
कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुहुँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
राप्ती राजमार्ग सुधार अलपत्र
राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब रुपियाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो। चालू आर्थिक वर्षमा सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्। तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन्। पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन्। ठुल्ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ। सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८.४ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक–पटक ताकिता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको, पत्रपत्रिकामा सूचना र एपीजी निकालेको छ। २०७६/७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला एक किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। तर नालामात्र निर्माण गरेर बाँकी काम अलपत्र छाडेको छ।
हुम्लामा हिमपात, जनजीवन कष्टकर
हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो ।
बच्चा हुर्कियो तर पाएनन् सुत्केरी आमाले भत्ता
गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनीषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिनुभयो । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्कँदा उहाँलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन ।
प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।
रारा विमानस्थलको टर्मिनल भवन वर्षौँदेखि अलपत्र हुँदा उडानमा समस्या
लामो समय देखि अलपत्र रहेको रारा विमानस्थलको ट्रस टर्मिनल भवन अझै निर्माण सम्पन्न नहुँदा उडान प्रभावित बन्दै आएको छ । गत वर्षनै निर्माण सम्पन्न हुनु पर्ने भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनको बदमासीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ ।
चिसो बढेपछि बेँसीमा याकचौँरी
उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् । माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।
भवन निर्माण योजना अलपत्र
कर्णालीका सबै मन्त्रालय एकै ठाउँ राख्नेगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले एकीकृत सरकारी प्रशासनिक केन्द्र भवन योजना अघि सा-यो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुका साथै निर्माणका लागि बर्सेनि बजेट विनियोजन पनि हुँदै गए। यद्यपि सङ्घीय सरकारले जग्गा नदिँदा आयोजना कार्यान्वयनमा आउन सकेको छैन। योजना नै अलपत्र अवस्थामा छ।
रातभर जाग्राम बस्ने मेला
माघेसङ्क्रान्ति मेला हुम्लावासीले कर्णाली र दोजाम कर्णाली नदीको दोभानमा रातभरि जाग्राम बसेर मनाएका छन्। उनीहरूले रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको परवाह नगरी माघेसङ्क्रान्ति मनाएका हुन्।