• ६ कात्तिक २०८१, मङ्गलबार

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुहुँदै

blog

विश्वासको मत लिनुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, माघ ६ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो  । उहाँलाई सत्ता साझेदार दलहरू नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले पनि समर्थन गरेको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिइसकेपछि उहाँले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।