विवाद समाधान गर्न न्यायिक समिति सहज
नगरपालिका उपप्रमुखको कार्यकक्ष आसपास एउटा कोठामा न्यायिक समितिको इजलास निर्माण गरिएको हुन्छ । इजलासमा न्यायिक समितिका संयोजकलगायत सदस्य बस्ने गर्छन् । इजलासतिर फर्केर विवादका पक्षविपक्षले पालो पालो गरेर आफ्ना भनाइ राख्ने गर्छन् । समितिका सदस्यले पनि बिच बिचमा पक्षविपक्षलाई प्रश्न सोधिरहने गर्छन् । दुवै पक्षका कुरा सुनिसकेपछि समितिका पदाधिकारीले चित्त बुझ्ने गरेर कानुनसम्मत राय सुझाव दिनुहुन्छ ।
विपत् प्रभावितलाई क्षतिपूर्ति दिन माग
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले मनसुनजन्य विपत् प्रभावित प्रदेशवासीलाई तत्काल क्षतिपूर्ति र राहत दिन माग गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनीहरूले प्रभावितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । गत असारमा आएको भीषण बाढीले गरेको क्षतिबारे छलफल गर्न प्रदेश सभा सदस्यहरूलाई शून्य समय उपलब्ध गराइएको थियो । छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य खेमादेवी विष्टले बाढीमा ज्यान गुमाएका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।
टीकापुरमा एक हप्तादेखि चितुवाको आतङ्क
टीकापुरमा दैनिक बाख्रा मारिन थालेपछि सरकारी निकायको बैठक बसेको छ । मङ्गलबारसम्म दश वटा किसानका खोरमा रहेका १८ बाख्रा मारिसकेपछि बुधबार टीकापुर नगरपालिकामा इलाका प्रशासन, इलाका प्रहरी, वन डिभिजन कार्यालय पहलमानपुरका प्रमुखहरूसहितको बैठक बसेको हो ।
विपद् विस्थापितलाई पुनर्स्थापना गर्न दीर्घकालीन योजना बनाउँछौँ : कानूनमन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुनर्स्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताउनुभएको छ ।
विशेष अधिवेशन अन्त्य गरेर कर उठाउन अध्यादेश ल्याउने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशबाट कर उठाउने व्यवस्था मिलाउने भएको छ ।
आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् ।
गुपचुपमा पालिका छिरेको संस्थाका कारण बबन्डर
किसानलाई ७५ प्रतिशत अनुदानमा पावर ट्रिलर दिने सर्तमा गुपचुपमा पालिका छिरेको सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारी गाउँपालिकामा बबन्डर मच्चिएको छ । एक लाख रुपियाँदेखि एक लाख २५ हजारसम्म दिएका किसानले पावर ट्रिलर नपाएपछि बबन्डर मच्चिएको हो । गाउँपालिका कार्यालयबाट पूर्वसहमति नलिई सो संस्थाले स्थानीय सहकारी र व्यक्तिमार्फत किसानबाट पैसा उठाएको थियो ।
रानाथारु समुदायमा तीजको रौनक
सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ ।
चरा तथा जैविक विविधता संरक्षण अभियान
चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् ।
एउटै निर्वाचन क्षेत्रबाट तीन जना मन्त्री
दैलेखको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका छन् । निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा (एमाले) का विनोदकुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री हुनुभएको छ ।
प्रदेशमा सुशासन कायम गर्छु : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ।
कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली
एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो ।
एमालेबाट मन्त्रीको नाम टुङ्गो लाग्यो
सुदूरपश्चिम प्रदेशमा तीन मन्त्रालय पाएको नेकपा (एमाले) ले मन्त्रीको नाम टुङ्गो लगाएको छ । सो पार्टीको संसदीय दलको बैठकले सुरेन्द्र पाल, वीरबहादुर थापा, हीरा सार्कीलाई मन्त्री र निर्मला साउदलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
डोटीबाट सरकारी टोली पेटारोसहित बडीमालिका प्रस्थान
डोटीको सरकारी टोली सोमबार बडीमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ। जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली पैदल बडीमालिका प्रस्थान गरेको हो।
सहायक सीमा स्तम्भ कटानको जोखिममा
धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।
बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग
बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।
मन्त्रालय भागबन्डाको रस्साकस्सी
नयाँ सरकार गठनको बाटोमा अगाडि बढेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलेको छ ।
सदरमुकाम खलङ्गा बजार
सल्यानको शारदा नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित सदरमुकाम खलङ्गा बजार ।
जडीबुटीका लागि उर्वर भूमि बन्दै बैतडी
विभिन्न जडीबुटीका लागि यो जिल्ला उर्वर भूमिका रूपमा परिचित रहेको छ । एक वर्ष अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
खुट्टामा क्यान्सर लागेपछि बिचल्ली
ओत लाग्ने घर गत असोजको भूकम्पले चर्किएको छ । भारी बोकेर परिवार पाल्दै आएका घरमुलीको दुवै खुट्टामा क्यान्सर रोग लागेर थला पर्नुभएको छ । उपचार गर्न खर्च छैन । घरमा खाने अन्न नहुँदा बालबच्चा भोकभोकै बस्न बाध्य छन् । सिगास गाउँपालिका–३, घकुराडी बस्ने रघुवीर साउदको जीवनमा यति ठुलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नु पर्छ । परिवारका सदस्य वृद्ध आमाले पाउने चौमासिकको भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्रै खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले बताउनुभयो ।