अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो ।
मोहना नदीमा हटेन डुङ्गाबाट वारपार
कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् । नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भन्नुभयो, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।”
‘राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।
पहिरोमा परी चार जना घाइते
अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणमा जुट्दै स्थानीय
पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको बिजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने बिजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।
मनाइयो गुरही पर्व (फोटो फिचर)
पश्चिम नेपालको थारु समुदायले गुरही पर्व उल्लासका साथ मनाएका छन् । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।
ट्रक दुर्घटनामा पाँच घाइते
रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
प्रदेश सभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
आधारभूत अस्पताल कतै सञ्चालन, कतै अलपत्र
सङ्घीय सरकारको अगुवाइमा स्थानीय तहले निर्माण गर्ने भनिएका सात वटा आधारभूत अस्पतालमध्ये दुई वटा अस्पताल मात्र निर्माण भएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य भएको हो । नौगाडमा गत वर्ष १० शय्याको आधारभूत अस्पताल निर्माण कार्य भएर पालिकालाई हस्तान्तरण गरी आधारभूत सेवा सञ्चालन गरिसकेको गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकामा एक महिनापहिले मात्रै भवन निर्माण गरेर निर्माण व्यवसायीले पालिकालाई हस्तान्तरण गरेको छ । आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
व्यासासनबाट कृष्ण दमाईंको सन्देश
पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।
धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो ।
बाटो खुल्ने पर्खाइमा किसान
बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् ।
राजस्व सङ्कलन प्रभावकारी बनाउन नगर प्रहरी
कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यविधि बनाएर राजस्व सङ्कलनमा परिचालनका लागि नगरप्रहरी राखेको छ । नगरप्रमुख शुसिला शाहीका अनुसार सुरक्षाकर्मीको सुरक्षामा राजस्व संकलनमा बृद्धि हुने विश्वास गरिएको छ ।
थारु समुदाय आज गुरही पर्व मनाउँदै
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।
वृक्षरोपण गर्दै उपभोक्ताहरु
राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा बेदकोट नगरपालिका(३ स्थित जयशङ्कर सामुदायिक वनमा बिहीबार सामुदायिक वनका उपभोक्ताका सदस्यले वृक्षरोपण गर्दै । सामुदायिक वनको अतिक्रमण खालि गरिएको २ दशमलव ११ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका तीन हजार विरुवा रोपिएको छ ।
परम्परागत शैलीका पगरी घर हराउँदै
स्थानीय तहको उदयसँगै गाउँघर रित्तो हुन थालेका छन् भने उर्वर भूमि बाँझो बन्जरमा परिणत भएका छन् । त्यसैको प्रभावले गाउँमा पगरी (एक लाइनमा) घर पनि बन्न छाडेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै जानु एकातिर छँदै छ अर्कोतिर गाउँमै भएकालेसमेत परम्परागत शैलीका घर निर्माण छोड्दै गएपछि पगरी शैलीका घर बन्न छोडेका हुन् ।
बनारसीधामको रुद्राभिषेक पूजामा धुमारी
बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेक पूजा गरेर लोप हुन लागेको स्थानीय धुमारी खेल खेलिएको छ । देवीदेवताका गाथा गाएर धुमारी, ढुस्को र ठाडो खेल खेल्ने चलन अनुसार बनारसीधाममा धुमारी खेल खेलिएको छ । पाटन नगरपालिका–३, गुजरस्थित सुर्नया नदी किनारमा रहेको बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा मङ्गलबार २७ जना ब्राह्मणले महारुद्राभिषेक पूजा र ४५१ जनाले धुमारी खेलेका हुन् । यहाँ हरेक साउन महिनाको रुद्री जुरेको दिन महारुद्राभिषेक पूजा लाग्ने गर्दछ । विश्व शान्ति, देश तथा गाउँको उन्नतिका लागि महारुद्राभिषेक पूजा गरिएको बनारसीधाम वि
अध्यादेश जारीपछि कर सङ्कलन सुरु
सुदूरपश्चिममा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको कार्य बिहीबारबाट फेरि सुरु भएको छ । प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य सुरु भएको हो । साउन १ देखि यो कार्य रोकिएको थियो । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
अनुदानको आसाले करको फन्दामा व्यवसायी
घरेलु तथा साना उद्योग कार्यालय डोटीमा हालसम्म जम्मा छ हजार ५५१ उद्योग दर्ता छन् । कार्यालयका अनुसार उद्योगतर्फ तीन हजार ९८२ र वाणिज्यतर्फ दुई हजार ५६९ फर्म दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म दुई हजार ४२४ फर्म मात्रै नवीकरण गरिएको छ । विगत पाँच वर्षको तुलनामा दर्ता भएका व्यावसायिक फर्मको अनुपातमा नवीकरण भएको पाइँदैन । व्यवसायीले व्यावसायिक फर्म दर्ता गर्ने तर नवीकरण तथा अद्यावधिक गरेको पाइँदैन ।
गुरही पर्वको अवसरमा बिदा
थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् ।
कर सङ्कलनसम्बन्धी अध्यादेश पारित
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ पारित गरेको छ ।
बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी
दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।
प्रदेश सभाको विशेष अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्नु भएको हो ।