• ११ मंसिर २०८१, मङ्गलबार

विशेष अधिवेशन अन्त्य गरेर कर उठाउन अध्यादेश ल्याउने तयारी

blog

प्रकाशविक्रम शाह

धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशबाट कर उठाउने व्यवस्था मिलाउने भएको छ । 

आज राति १२ बजेसम्म विशेष अधिवेशन अन्त्य हुने सम्भावना छ । अधिवेशन अन्त्यको सिफारिस गर्नका लागि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ। 

विशेष अधिवेशन अन्त्य भएपछि 'सुदूरपश्चिम सामयिक कर अध्यादेश २०८१' अघि बढ्ने आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार सो अध्यादेशको मस्यौदा तयार भएको छ । सो अध्यादेश आएपछि आगामी दिनमा कर सङ्कलनमा कुनै बाधा हुने छैन । अहिलेको अध्यादेश मुख्य गरेर राजश्व सङ्कलनमा केन्द्रित हुनेछ । 

राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा २०८१-२०८२ को बजेट पारित नहुँदा साउन १ गतेदेखि कर उठ्न सकेको छैन । २३ दिनसम्म कर नउठ्दा सुदूरपश्चिम प्रदेशले दैनिक ४० लाख रुपियाँ गुमाइरहेको छ ।