• २२ साउन २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

blog

सुदूरपश्चिम प्रदेश सभा भवन ।

अविनाश चौधरी

धनगढी, साउन २२ गते । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल हुन सकेको छैन । दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि यो प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ । 

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पदभार ग्रहण गर्दै बजेट शून्यताको अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले छिट्टै छलफल अगाडि बढाउने बताउनुभएको थियो।