सुरक्षाकर्मीलाई दिनुपर्छ भनी पैसा असुल्ने अटो चालक पक्राउ
भन्सारमा नेपाली सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर एक व्यक्तिबाट पैसा असुल्ने दुई जना अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च
धनगढी उपमहानगरपालिकाले एक वर्षमा नगर क्षेत्रका चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च दिएको छ । उपमहानगरपालिकाले दाउरा खरिदका लागि विपन्न परिवारलाई पाँच हजार रुपियाँका दरले दाहसंस्कार खर्च दिएको हो ।
अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग
चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।
ठुलो केदार मेला प्रारम्भ
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा
डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ ।
सुखड–भजनी सडकखण्ड कालोपत्रे भएन
कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।
सुझाव समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ ।
प्रहरी हवलदारलाई हातपात गर्ने पाँच जना पक्राउ
जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहमति र सहकार्यबाट स्थानीय विकासः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभएको छ ।
मोहना घाटमा छठ पूजाको तयारी
कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।
लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
अवकाशपछिको जीवन तरकारी खेतीमा
डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश हुनुभयो ।
एसपीए कैलाली प्रिमियर लिग माघमा
एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।
गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।
निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र
निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ ।
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन।
कर्णालीमा एक जना बेपत्ता
कात्तिक १७ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विशाल चौधरी अझै भेटिएका छैनन् ।
कैलालीमा धान खरिद बिक्री शुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।
ट्याक्टर दुर्घटनामा सात घाइते, दुई गम्भीर
अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
तिहारमा प्लास्टिक मालाको बिक्री बढ्यो
तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लास्टिक फुल मालाको बिक्री बढेको छ ।
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
जिप दुर्घटनामा चार घाइते
वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्।