ठुला दलमा ४१–६० वर्षका उम्मेदवारको वर्चस्व
युवाको माग बढिरहेका बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवार कम रहेको पाइएको छ । ठुला चार दलले उठाएका ७३ प्रतिशत उम्मेदवार ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । संविधानतः २५ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
मौलिकता हराउँदै बैतडीमा होलीको रौनक
बैतडीका गाउँघर तथा बजार क्षेत्रमा यतिबेला होली पर्वको उल्लास छाएको छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।
मन्त्र अस्पतालमा पहिलो पटक फोक्सो परीक्षण
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल एक वर्षदेखि समय–समयमा लाग्ने सुख्खा खोकीको समस्याले ग्रसित हुनुहुन्थ्यो ।
सुरक्षा अवस्थाबारे बुझ्न गृहमन्त्री बाजुरामा
बाजुराको सुरक्षा अवस्था बारे बुझ्न गृहमन्त्री ओमप्रकाश बाजुरामा पुग्नु भएको छ ।
फर्किएनन् मतदाता, उघ्रिएनन् घरका ढोका
बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।
गृहमन्त्री अर्याल सुदूरपश्चिम आउनुहुँदै
निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउनुहुने भएको छ ।
बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
बैतडीका दूरदराजमा चुनावी चहलपहल
अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीका दूरदराजका बस्तीमा दलहरूले घरदैलो अभियान तीव्र पारेका छन्।
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति ।
रोजगारी दिनेलाई बादी समुदायको मत
कैलालीका विभिन्न क्षेत्रमा बसोबास गरेका बादी समुदायले आफ्नो समुदायको मुख्य समस्या बेरोजगार रहेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ । लम्कीचुहा नगरपालिका–३, बल्चौरकी रमा बादीले सो बस्तीमा २३ जिल्लाका बादी समुदायको बसोबास रहेको बताउनुभयो । उहाँले बादी समुदायको बसोबासको ठेगान नभएको अवस्थामा तत्कालीन बादी समुदायको आन्दोलन र सङ्घर्षपछि सरकारसँग सम्झौता भएपछि धेरैको बसोबास टुङ्गो लागे पनि साँझबिहान छाक टार्ने समस्या समुदायमा रहेको बताउनुभयो ।
उम्मेदवार धामीद्वारा न्याय सुधार र आरक्षपीडित समाधानमा प्रतिबद्धता
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै न्याय प्रणाली सुधारसहित आरक्षपीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा
हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ ।
बैतडीमा सुरक्षा सतर्कता कडा
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बैतडीमा सुरक्षा सतर्कता कडा पारिएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले मोटरसाइकल गस्ती सञ्चालन गरेको हो ।
डडेल्धुरामा महरको परीक्षा : कांग्रेसको विरासत जोगिएला ?
। यसपटक सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा कसले जित्ने भन्ने अनुमान गर्न कठिन देखिएको छ । यसमध्ये सबैभन्दा चासोको केन्द्र डडेल्धुरा बनेको छ ।
प्रलोपा उम्मेदवारको समर्थन एमाले उम्मेदवारलाई
कैलाली क्षेत्र २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्बरबहादुर रावलले नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापालाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गर्नुभएको छ ।
गाउँभरि ज्वरो सङ्क्रमण, दुई बालकको मृत्यु
ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ । मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ ।
बाजुरामा स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
बाजुराका दुर्गम क्षेत्रका किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको पूर्व–उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका अधिकांश किसान अहिले स्याउ खेतीमा सक्रिय छन्।
चुनाव आउँदा पनि रित्तै छ धारापानी, जनताले आश्वासन पनि सुन्न पाएनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ।
कञ्चनपुरमा १९ जनाले बुझाए हातहतियार
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दे कञ्चनपुरमा १९ जनाले मात्र प्रहरीलाई हातहतियार बुझाएका छन् ।
मत खेर जान थालेपछि अलमलमा मतदाता
नागरिकले मत हालेका निर्वाचित जनप्रतिनिधि नै विभिन्न काण्डमा मुछिएपछि यस पटक कैलाली क्षेत्र नम्बर १ का मतदातामा खासै उत्साह छैन् । उम्मेदवारले कार्यकर्ता लिएर घरदैलो गरिरहे पनि आममतदाता भने अझै चुप छन् । पार्टी सदस्य दलकै पक्षमा र केही मतदाता नयाँ दललाई भोट दिने बताउँछन् । यहाँ उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, आमजनता पार्टी नयाँ छन् । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका नामबाट चुनाव लडेको नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नयाँ दाबी गरिरहेका छन् ।
आरोपप्रत्यारोपबिना नै प्रतिस्पर्धामा दल
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्लामा दलहरूबिच आरोपप्रत्यारोपबिना नै चुनावी प्रतिस्पर्धा भइरहेको छ । विगतमा विभिन्न मुद्दा उठाएर राजनीतिक दलले एकअर्काको आलोचना गर्ने गरेका थिए । यस पटक भने त्यस्तो प्रचलन हटेको छ ।
निर्वाचन सुरक्षाका लागि सीमानाका बन्द
प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका सीमानाका बन्द गरिने भएका छन् । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पर्ने पिथौरागढ जिल्लासँग जोडिएका नेपालका दार्चुला जिल्लाका सीमानाका तीन दिन (७२) घण्टासम्मका लागि सिल गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।
विद्यावारिधिका चार उम्मेदवार चुनावी मैदानमा
राजनीतिमा पढेलेखेका आउँदैनन् भन्ने चर्चा सधैँ चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधि गरेका चार जना चुनावी मैदानमा उत्रिएका छन् तर चारै डाक्टरले चुनाव जित्न कडा मेहनत गर्नुपर्ने देखिएको छ । तीमध्ये तीन जना डा. भीमबहादुर रावल, अछाम–१; डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ र डा. ताराप्रसाद जोशी डडेलधुरामा लामो समयदेखि राजनीतिमा हुनुहन्छ । कैलाली–५ बाट डा. आनन्द चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ ।
मगर समुदायको मेला सुखडमा
नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ । शुक्रबार नेपाल मगर सङ्घ कैलालीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलाली जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति रहेको थियो ।