हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।
गेटा मेडिकल कलेज सञ्चालन गर्न स्थानीयको माग
कैलालीको गोदावरीवासीले गेटा मेडिकल कलेज सञ्चालनको माग गरेका छन् । गोदावरी नगरपालिकास्थित गेटामा आवश्यक भौतिक पूर्वाधार गत वर्ष नै निर्माण भए पनि कलेज सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ बाट मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ पूर्वाधार तयार पारिएको थियो तर मेडिकल कलेज सञ्चालनको प्रारूप तयार नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
पच्चीस लाख भारतीय रुपैयाँ र सुन बरामद
कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ ।
छाउगोठ भत्किए तर बाख्राखोरमा पोखिन्छ पीडा
विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो ।
पाठ्यपुस्तकको पर्खाइमा बाजुराका विद्यार्थी
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउन सकेका छैनन् । खाली झोला विद्यालय पुगेका विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा छन् ।
थारू समुदायबाट तीन सय ७५ जनप्रतिनिधि
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो ।
कैलालीमा सन्ताउन्न वडामा कांग्रेसको जित
कैलाली जिल्लाका १३ स्थानीय तहका १२६ वडामध्ये नेपाली कांग्रेसले ५७ वडामा जितेको छ । यद्यपि, जिल्लाको दुईवटा पालिकामा नेपाली कांग्रेस शून्य अवस्थामा छ । नेपाली कांग्रेसले तीन पालिका जितेको छ ।
अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते
पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको टोट्केसाल नजिक मलामीसहितको ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३५ वर्षीय तारा धमला र ४४ वर्षीय अमरनाथ धमलाको मृत्यु भएको अछाम प्रहरीका इनिष्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।
अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोग
अविनाश चौधरीधनगढी, जेठ ११ गते । कैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गर्नुभएको छ । सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गर्नुभएको हो । गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो । पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताउनुभयो । उहाँले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिनुभयो ।