• ३ असार २०८१, सोमबार

अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोग

blog

अविनाश चौधरी

धनगढी, जेठ ११ गते । कैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गर्नुभएको छ । 

सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गर्नुभएको हो । गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो । पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । 

अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताउनुभयो । उहाँले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिनुभयो ।