• ३ असार २०८१, सोमबार

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

blog

टोट्केसाल नजिक दुर्घटनाग्रस्त ट्याक्टर । तस्बिर : गोरखापत्र

शिवराज ढुंगाना 

अछाम, जेठ ११ गते । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको टोट्केसाल नजिक मलामीसहितको ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३५ वर्षीय तारा धमला र ४४ वर्षीय अमरनाथ धमलाको मृत्यु भएको अछाम प्रहरीका इनिष्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो । 

अमरनाथको घटनास्थलमै र ताराको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा घाइते भएका १८ जनाको जिल्ला अस्पताल मंगलसेन ल्याएर उपचार भइरहेको छ । 

घाइते हुनेमा सोही वार्ड निवासी दिनेश तिमिल्सेना र जोगी देवकोटालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । कृष्ण धमाला, हरिप्रसाद तिमिल्सेना, देवराज तिमिल्सेना, गौरी धमला, टंक धमला, श्रीप्रसाद जैसी, मदन धमला सामान्य घाइतेको अछाम अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएर अछाम अस्पतालमा गंगाराम देवकोटा, चेतराज ढकाल, दीपक देवकोटा, विष्णु धमला, चक्र धमला, मदन देवकोटा, चक्रप्रसाद सञ्ज्याल रहेका छन् । 

२० वर्षअघि मृत्यु भएका गौरीकान्त धमलाको व्यक्तिको कुशको शव बनाएर दाहसंस्कारका लागि आफन्तको मलामी भएर बताइएको छ । ट्याक्टरमा ४० जना भन्दा बढी मलामी रहेको अनुमान गरिएको छ । भे १ त ८९३७ नम्बरको ट्याक्टर कालिकास्थानको टोट्केसाल नजिक बयाला जाने सडक नजिक दुर्घटना भएको बताइएको छ । 

मध्यपहाडी सडकको बेलखेत–विनायक खण्डको वयाला जाने सडक नजिकको मोड नजिक ट्याक्टर दुर्घटना भएको बेलखेत प्रहरी चौकीले जानकारी दिएको छ । ट्याक्टर चालक पञ्चदेवल विनायक नगरपालिका–८ निवासी हिरालाल विकलाई नियन्त्रमा लिएको अछाम प्रहरीले जानकारी दिएको छ ।