विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार (आज) मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान
ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो ।
पर्वतको धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ को मृत्यु, १२ घाइते
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ धारापानीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार बिहान एक्कासी बिद्युतको तारमा हाईभोल्टेज प्रवाह हुँदा ५० वर्षीय सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
आयोजना सकिएको दुई वर्षमा पनि आएन पानी
बागलुङ नगरपालिका–१ खनियाघाटस्थित माझी वस्ती लक्षित खानेपानी आयोजनाको काम सम्पन्न भएको दुई वर्ष पुग्यो । ‘एक घर एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी जडान गर्न वस्तीका २२ वटा घरमा धारा जडान भए पनि पानी आएको छैन ।
लोमान्थाङमा गल्फ प्रतियोगिता हुने
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत निर्माण अन्तिम चरणमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको छ ।
निजीलाई सामुदायिक विद्यालयको चुनौती
पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ।
मर्स्याङदीले योजनाको काम बैशाख मसान्तभित्रै सक्ने
लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम बैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।
रुविका र दिनेश आइटीएफ वर्ष उत्कृष्ट
बागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।