पानी नहुँदा तनहुँमा रोपाइँ प्रभावित
पानी नपुग्दा तनहुँको टारी खेतको रोपाइँ प्रभावित भएको छ। प्रशस्त वर्षा नहुँदा मूल नफुटेपछि रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । मङ्गलबार बिहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा बेपत्ता भएका एकै परिवारका तीनजनाको शव फेला परेको हो ।
म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।
डुम्रे–बेँसीसहर सडक अवरुद्ध
डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।
म्याग्दीमा पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु, तीन वेपत्ता
म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडक अवरुद्ध
हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
घोप्टेभिरमा पहिरो जाँदा सडक अबरुद्ध
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत
भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष मुद्दाको चाप बढेको तर भौतिक संरचना अभाव हुनु र कम जनशक्तिका कारण सेवा प्रवाहमा कठिनाइ भएको हो ।