मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने
तनहुँको मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । अबिरल वर्षाले तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।
अफ सिजनमा पनि अन्नपूर्ण पदमार्गमा पर्यटक
अफ सिजन एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ ।
बागलुङ कारागारमा पुस्तकालय
जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो । सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गर्नुभएको हो । उहाँले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक सङ्घसंस्थाले उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उहाँले क्षणिक आवेग, क्रोध वा परिस्थितिजन्य घटनाले जेलजीवन बिताएका नागरिकको मनोवृत्तिमा सुधार जरुरी रहेको बताउनुभयो ।
बोल्न र सुन्न नसक्ने महिलालाई करणी गरी हत्या
लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ ।
इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै अवतरण
पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।
सवारी करमा बीस प्रतिशत जरिवाना
सवारी करको जरिवानास्वरूप लिन थालिएको दुई सय प्रतिशत जरिवाना गण्डकी प्रदेश सरकारले घटाएको छ। अब सवारी करमा २० प्रतिशत मात्रै जरिवाना लाग्ने भएको छ। चर्को जरिवानाको सडक र सदन दुवैतिर तीव्र आलोचना भएपछि प्रदेश सरकार निर्णय सच्चाउन लागेको हो।
दमौलीमा डेङ्गुका सात बिरामी भेटिए
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।
सम्बन्धविच्छेदको उच्च समस्या
जिल्लामा सम्बन्ध विच्छेदको समस्या उच्च देखिएको छ। जिल्ला अदालत गोरखामा एक आर्थिक वर्षभित्र दर्ता भएका मुद्दामध्ये ४८.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। जिल्ला न्यायाधीश दीनबन्धु बरालका अनुसार आर्थिक वर्ष २०७८/८९ मा मात्र ४३४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। “बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगार, मानसिक, शारीरिक कष्ट, मनमुटाव, घरेलु हिंसाजस्ता कारणले सम्बन्ध विच्छेदका घटना बढेको देखिन्छ,” उहाँले भन्नुभयो, “यसैगरी अनावश्यक शङ्का र सामाजिक सञ्जालको दुरुपयोगले पनि यसलाई बढ्न मद्दत गरेको छ।” सम्बन्ध विच्छेदका कारण जिल्लामा पारिवारिक कलह बढ्दै गएको आशङ्का उहाँको छ। सोहीअनुरूप सम्बन्ध विच्छेदका कारण र समाधानका उपायबारे समाजशास्त्रीले अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ। सम्बन्ध विच्छेदका घटना कम गर्न सरोकारवालाले अभियान पनि चलाउनुपर्ने देखिएको छ।
एक वर्ष बितिसक्दा पनि काममा आएकाे छैन बस पार्क
बागलुङ नगरपालिका बागलुङको अघिल्लो नेतृत्वले नगर गौरवको योजना अन्तर्गत आधुनिक बसपार्क निर्माण गरेको छ । करिब दुई दशकको अथक प्रयासपछि बसपार्क भनेपछि व्यवसायिक तथा सेवाग्राही दुःखी थिए ।