• १३ असोज २०८१, आइतबार

इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै अवतरण

blog

गण्डकी,   साउन १३ गते । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।