• ७ जेठ २०८१, सोमबार

म्याग्दीमा पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु, तीन वेपत्ता

blog

म्याग्दी, साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । 

पहिरोमा परेर घरमुली घाम बहादुर विक, उहाँको श्रीमति र सात वर्षीया छोरी वेपत्ता भएको उहाँले बताउनुभयो । स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिडिसकेको प्रनाउ भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाईते भएको छ । 



Author

ठाकुरप्रसाद आचार्य