स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्यकर्मी
सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने उद्देश्यले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो। घरदैलोमै पुगेर ज्येष्ठजनको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाभित्रका १० वटै वडाका घरघरमा पुगेर ज्येष्ठजनको तथ्याङ्क सङ्कलन, रक्तचाप चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।
सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु
पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेदेखि कास्कीको पोखरासम्मको संरचना हटाउनका लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भइरहेको छ । साबिक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको १३८ वटा संरचना भत्काउनका लागि क्षतिपूर्ति वितरण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । हटाउनुपर्ने १३८ मध्ये ४२ वटा घरलाई भत्काउन ४० लाख रुपियाँ क्षतिपूर्ति वितरण भइसकेको श्रेष्ठले बताउनुभयो ।
तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते
पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरेमा बिहीबार बिहान ९ बजेर २० मिनेटमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरकाे माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त सङ्ख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।
शाश्वतधाम पर्यटकीय क्षेत्र
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वतधाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्बीको मुख्य रोजाइमा शाश्वतधाम पर्ने गरेको छ ।
फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’
उमेरले ९७ औं वसन्त पार गरे पनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।
डाँडाखेत–राहुघाट प्रसारण लाइनको जग्गा अधिग्रहण सुरु
जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।
व्यापारीको अतिक्रमणमा फुटपाथ
पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य सडक शिवालय चोकदेखि प्रगति चोकसम्मको सडक फुटपाथ व्यापारीले अतिक्रमण गरी सामान राख्दा पैदलयात्रीलाई सास्ती भएको छ। मुख्य बजारक्षेत्रको मुख्य सडक व्यापारीका कारण अस्तव्यस्त हुँदा पनि सम्बद्ध निकायले कुनै चासो देखाएको छैन। कुश्मा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत यो समस्या समाधानमा मौन देखिएका छन्।
‘करेन्ट’ पीडित र प्राधिकरणबीच ७ बुँदे सहमती
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा ‘हाइ भोल्टेज’को विद्युत् प्रवाह हुँदा भएको घटनाका पीडित र प्राधिकरणका बीच सात बुँदे सहमति भएको छ । सोमबार बिहान भएको घटनामा परि १ जनाको मृत्यू र १२ जना घाईते भएका थिए ।