धनसार भत्किँदा ४१ वर्षीय मीना बरामको मृत्यु
गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधिन धनसार भत्किँदा एक महिलाको ज्यान गएको छ । जङ्गबहादुर बरामको निर्माणाधिन धन्सार भत्किदाँ उहाँकी श्रीमती ४१ वर्षीय मिना बरामको ज्यान गएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरा खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध
धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
पृथ्वी राजमार्ग विस्तार समय सकिन लाग्दा आठ प्रतिशत मात्रै काम
पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा भएको छ । पूर्वी खण्डको काम भने सन्तोष जनक छ । जुन रूपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभए पनि ३० प्रतिशत काम भने पुरा भएको छ ।
पुस्तक खरिदमा नगर शिक्षाको ‘सिन्डिकेट’
पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको पाइएको छ। विद्यालयले आफैँ खरिद गर्न सक्ने नियम हुँदाहुँदै पनि नगर शिक्षा अधिकारीले तोकेकै ठाउँमा पुस्तक खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरिएपछि विद्यालयले समेत रोजेको ठाउँमा पुस्तक खरिद गर्न सकेनन्।
वन्यजन्तुको क्षति रोक्न पर्खाल
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्न लगानी बढाएको छ। सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु-याउँदै आएकाले नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्नका लागि विशेष पहल थालेको हो। सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिका १ र १७ गरी दुई वडामा कङक्रिटसहितको मेसजाली लगाउनेसहित ८० प्रतिशत निर्माण सकिएको बताउनुभयो।
किसानका लागि बाँदर धपाउने प्रविधि
गाउँघरमा बाँदरले हैरानी पारेपछि किसानले धेरै दुःख पाइरहेका बेला गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रविधिको विकास गरेका छन्। स्थापनाको छोटो समयमा नै अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित उपयोगी अनुसन्धान कार्य अन्तर्गत उक्त प्रविधि निर्माण गरिएको गण्डकी विश्वविद्यालयका राजिस्ट्रार कैलाश तिमिल्सिनाले बताउनुभयो।
व्यास जन्मभूमिलाई धार्मिक पर्यटकीय केन्द्र बनाइने
चार वेद तथा १८ पुराणका रचयिता महर्षि वेद व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सहकारी जोगाउन सबै लाग्नुपर्छ : अध्यक्ष गर्बुजा
हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजवादउन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।
चार बुँदे सहमतिपछि अस्पतालमा लागेको ताला खुल्यो
अस्पतालको लापबाहीले बिरामीको ज्यान गएको भन्दै रत्नहरी अस्पतालमा आइतबार लगाइएको ताला चार बुँदे सहमतिपछि खुलेको छ ।
सुनसान बन्दै लमजुङका घरबास
वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् ।
बुटवल-नारायणगढ सडक निर्माण सुस्त
बुटवल-नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम नहुँदा सडक निर्माणको समय अझै थप हुने अवस्थामा छ ।
आठ वर्षमा स्याङ्जामा नयाँ भाडादर
सवारी साधनले चर्को भाडा लिएको आवाज उठिरहँदा स्याङ्जामा सवारी साधनहरुकाे नयाँ भाडादर निर्धारण गरिएको छ ।
कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ
बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए ।
बिहे मनाउन कार्यपालिकाभरि सार्वजनिक बिदा
बिहे मनाउन मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजनिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
मुस्ताङमा स्याउको दाना कम लाग्दा उत्पादन घट्ने
मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।
वन डिभिजनको आफ्नै नर्सरी
पूर्वी नवलपरासी डिभिजन वन कार्यालयले निःशुल्क रूपमा बिरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ। यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेको छ। बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भूक्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा उत्पादन गरिएको वन कार्यालयले जनाएको छ। कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन्। डिभिजन वन कार्यालय परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सबडिभिजन कार्यालयको सबडिभिजन नर्सरीमा एक लाख १८ हजार बिरुवा हुर्काइएको छ।
सुरक्षा समिति बैठकमा फेवाताल र राजमार्गको चर्चा
कास्की जिल्ला सुरक्षा समितिको बैठकमा शान्तिसुरक्षासँगै फेवाताल संरक्षण र राजमार्ग निर्माणसम्बन्धी विषयको चर्चा भएको छ। पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री र राष्ट्रिय समन्वय परिषद्को बैठकको अवसर पारेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा समिति बैठकमा पोखरा–मुग्लिङ सडकखण्ड र मध्यपहाडी लोकमार्ग एवं फेवाताल मापदण्डका विषयमा चर्चा गरेको छ।
इन्जिनियरको मृत्युपछि रत्नहरि अस्पतालमा तालाबन्दी
उपचारमा लापरबाहीको भएका बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौलीस्थित रत्नहरि अस्पतालमा तालाबन्दी गरिदिएका छन् ।
पाँच स्थानीय तहको बजेट पारित, ६ को बाँकी
गोरखाका ११ वटा स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुरूप नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कतिपयले पारित गरेका छैनन् ।
बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –१ बराँदी, पेट्रोलपम्प नजिकै बस र मोटरसाइकल आइतबार दिउँसो १३ः१० बजे ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ ।
पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर
विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।
पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द
शुक्रबार साँझदेखि परेको वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ। नवलपरासी जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जासम्म चल्ने दुईवटै सडक अवरुद्ध भएपछि सदरमुकामसँगको यातायात सम्बन्ध विच्छेद भएको बुलिङटार गाउँपालिकाका लोकप्रसाद रामदामले बताउनुभयो।
काठेपुल निर्माण गरिँदै
बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् ।
प्रमको चीन भ्रमण छिट्टै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनुभएको छ। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमणको तयारी भइरहेको पनि जानकारी दिनुभयो। भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो।