गुल्मी जिससका लागि गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
असार १ गते हुने जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ–आफ्नो पार्टीको उम्मेदवारी दर्ता गराएका हुन् ।
रकम अभावले औद्योगिक ग्राम निर्माण सुस्त
जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा सुस्तता आएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरे पनि गुरुयोजना कार्यान्वयन गर्न रकम अभाव भएको छ ।
भरुवा बन्दुकसहित मगर पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।
प्युठान जिसस प्रमुखमा जिसी निर्विरोध
जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओबादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँच दलिय गठवन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।
निर्वाचनमा पार्टीभन्दा पनि समग्र देश विजयी भएको छ: अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ ।
बाँकेका स्थानीय तहमा बजेट निर्माणको प्रक्रिया जारी
बाँकेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९–८० को बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । निर्वाचन सम्पन्न भई शपथ ग्रहण गरेलगत्तै निर्वाचित पदाधिकारीको ध्यान बजेट निर्माणमा छ ।
आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने
बुटवलमा मुलुककै आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने भएको छ । बुटवल १५ मा केन्द्र बनाइनेछ, प्रस्तावित जग्गामा स्थानीयले सहमति जनाइसकेका छन् ।
हाट जाने होइनौ तिमी.......
जाजरकोटी जनजनका मुखमा यो गीत निकै चर्चित छ । जाजरकोटबाट नुन लिन पैदल नेपालगञ्ज जानुपर्ने समयमा अधिकांश हटारुले यही गीत गाउँदै बाटो कटाउँथे । गाउँले सबै मिलेर हाट भर्न जान्थे । एक महिना लगाएर गाउँ फर्कंदा नुन, तेल, मसला, कपडालगायत सरसामान ल्याउँथे । बाटो कटाउने उही गीत हुन्थ्यो साथी, ‘हाट जाने होइनौ तिमी हटारु पठाउने.. ।’
जनताको मन छुने गरी काम गर्छु : मुख्यमन्त्री
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेश सभाको १०औँ अधिवेशनअन्तर्गतको १०औँ बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।