• १८ असार २०८१, मङ्गलबार

भरुवा बन्दुकसहित मगर पक्राउ

blog

भरुवा बन्दुकसहित पक्राउ पर्नुभएका बलबहादुर पल्ली मगर (रातो घेराभित्र) । तस्बिर : जंगी अड्डा

काठमाडौं, जेठ ३० गते । बाँके राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्‍ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।

शंस्कास्पद रुपमा हिंडिरहेको अवस्थामा बाँके जिल्ला कोहलपुर नगरपालिका वडानं १३ सिम्री बस्ने बर्ष ५४ का मगरलाई सोधपुछ गर्ने क्रममा निजले निकुञ्‍जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । निजबाट बरामत गरिएको हतियार आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाईएको छ ।