घरपालुवा कुकुरको बन्ध्याकरण
जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो ।
गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
राप्तीसोनारी गाउँपालिका–७ का स्थानीय सर्वसाधारण गाउँमै निःशुल्क रूपमा स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् ।
भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार देखाऔँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।
दुर्घटनामा दुईको मृत्यु
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर(३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो ।
खानेपानी योजना पूरा हुनै लाग्दा स्थानीय हर्षित
चार हजार परिवारको प्यास मेटाउने खानेपानी आयोजना छत्रदेव गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ ।
जनप्रतिनिधि र कर्मचारी पनि विदेशतिर
पछिल्लो समयमा देशमा रोजगार नभएको भन्दै विदेश जानेको लर्को लाग्ने गरेको छ तर गुल्मीमा जनप्रतिनिधि र सरकारी जागिर खाएकै व्यक्तिहरू रोजगारीकै लागि विदेश जाने गरेको पाइएको छ ।
तिहार लक्षित सयपत्री फूलको माला तयार गरिदै
दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ ।
ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी र युनाईटेड
पोखरा पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी फुटबल क्लब पोखरा र युनाईटेड युथ क्लब नवलपुरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
हिनामिना गरेको आरोपमा हत्या
कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ ।
सिँचाइ योजना उपभोक्तालाई हस्तान्तरण
गुल्मीको हुग्दीखोला तुराङ्ग सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएसँगै स्थानीय उपभोक्ताहलाई हस्तान्तरण गरिएको छ ।
कपडाको चोरी पैठारी बढ्यो
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको बेला अन्य सामानभन्दा भारतबाट हुने कपडाको चोरी पैठारी बढेको जनाएको छ ।
झिमरुकमा जिप दुर्घटना : १४ घाइते, एककाे अवस्था गम्भीर
बुटवलबाट अर्घा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ ।
राजस्व चुहावट बढ्दाे
सशस्त्र द्वन्द्धका बेला बन्द गरिएको बाँकेका छोटी भन्सार कार्यालयहरु अझै पुनस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरुबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भैरहेको छ ।
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरु
गुल्मीको रेसुङ्गा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु
पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यरत प्रहरी र उनका परिवारको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले विभिन्न सेवाहरु थप्दै गएको छ ।
‘क्यान्सर अस्पताल पश्चिम नेपालकै आवश्यकता’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भत्किएको कोठामा कार्यालय प्रमुख
जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।
डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै
पाल्पामा डेङ्गु र ‘स्क्रव टाइफस’ बाट सङ्क्रमित बिरामी बढेका छन् । यो वर्ष २२५ जना ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित बनेका छन् भने डेङ्गुबाट हालसम्म २४९ जना बिरामी पुगेका छन् ।
राहदानी बनाउन एक दिनअगावै टोकन
जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ ।
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
राज्य संयन्त्रलाई बलियो बनाउनेगरी काम गर्दैछौं : मुख्यमन्त्री आचार्य
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताउनुभएको छ ।
सयपत्री फूलको व्यावसायिक खेती
दाङको घोराही उपमहानगरपालिका–१३ मङ्गलेरीमा व्यावसायिक रुपमा गरिएको सयपत्री फूल खेती ।