आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
राज्य संयन्त्रलाई बलियो बनाउनेगरी काम गर्दैछौं : मुख्यमन्त्री आचार्य
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताउनुभएको छ ।
सयपत्री फूलको व्यावसायिक खेती
दाङको घोराही उपमहानगरपालिका–१३ मङ्गलेरीमा व्यावसायिक रुपमा गरिएको सयपत्री फूल खेती ।
लामिछाने र जोशीलाई सङ्गठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति
सहकारीको बचत अपचलनमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।
नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।
दुई करोड ९२ लाखको खसीबोका बिक्री
दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ ।
म्याद नाघेका वस्तु बजारमा
जिल्लामा भइरहेको बजार अनुगमनमा म्याद नाघेका वस्तु प्रशस्त भेटिने गरेका छन् । चाडपर्वको बेला गरिएका बजार अनुगमनमा धेरैजसो पसलबाट म्याद गुज्रिएको सामान बरामद हुने गरेको छ ।
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्ध भूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो ।
संस्कृत विश्वविद्यालयको जग्गा खोजी सुरु
नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा तथा सम्पत्ति खोजी सुरु गरिएको छ ।
‘छोरी बचाऊँ छोरी पढाऊँ’ अभियान सुरु
रुपन्देही जिल्लाको गैँडहवा गाउँपालिकाले छोरी बचाऊँ छोरी पढाऊँ अभियान सुरु गरेको छ ।
खेल नै खेल्न नपाइने नेपालगन्ज रङ्गशाला
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनु भएको छ ।
प्युठानमा भैरव नाच प्रदर्शन
अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो ।
बजेट कार्यान्वयन गर्न अनुगमन जरुरी छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सही ढङ्गले कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा सुशील कोइराला क्यान्सर अस्पतालको निरीक्षण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ।
सुस्ताको सास्ती
“हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीँ बा । नहीँ हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात् “हामी नेपाली भए पनि नागरिकता छैन ।
चार लाख नगदसहित २० जुवाडे पक्राउ
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् ।
कांग्रेसलाई बलियो बनाउन वैचारिक बहस
नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता परेको बताइएको छ नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा आयोजित बैठकमा बोल्ने वक्ताहरूले कांग्रेस पार्टीको हरेक सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि सुशासन अपरिहार्य : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।
३० प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा सहभागी
जिल्लाको कुल जनसङ्ख्याको ३० प्रशितशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । कुल जनसङ्ख्याको ३० प्रतिशत नागरिक मात्र बिमा कार्यक्रममा सहभागी भएर सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानको तथ्याङ्क छ ।
आठौँ मण्डली कप हुने
एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने भएको छ । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।