राष्ट्रिय सभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।
राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ ।
‘भ्रष्टाचारका थप फाइल खुल्छन्’
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफू र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच उच्चस्तरको समझदारी भएकाले भ्रष्टाचारविरोधी अभियान नरोकिने प्रस्ट पार्नुभयो। सरकारले केही दिनभित्र ठुला खालका भ्रष्टाचारका फाइल खोल्ने तयारी गरेकाले त्यसले झन् ठुलो तरङ्ग ल्याउने प्रचण्डले उल्लेख गर्नुभएको पार्टी केन्द्रीय सदस्य विशाल खड्काले बताउनुभयो। “वरिष्ठ उपाध्यक्ष र मेराबिच हाई लेभलको समझदारी छ। हामीलाई हटाउन सक्छन्। हामीले सरकार छाड्नुपर्ने हुन सक्छ। सरकार छाड्दा पनि भ्रष्टाचारविरुद्धको आन्दोलन रोकिँदैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्काले भन्नुभयो, “बरु अझ ठुला खालका
एसइई खारेजीको प्रस्ताव
विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा
मातृ मृत्यु घटाउन सबैका सहयोग आवश्यक छः मुख्य सचिव
मुख्य सचिव डा वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उहाँले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज साँझ मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गर्नुभएको छ ।
कांग्रेस आफ्नै एजेन्डाबाट विचलित भयो : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले कांग्रेस आफ्ना एजेन्डाबाट विचलित भएको बताउनुभएको छ। बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो।
अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव
नेकपा (माओवादी केन्द्र)को आजदेखि सुरु केन्द्रीय समितिको चौंथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन्।
तीन राजदूतको संसदीय सुनुवाइ पूरा
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीनजनाको संसदीय सुनुवाइ पूरा भएको छ ।
मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
सांसदले सदनमा बोल्न पाउनुपर्छ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सदनमा सांसदले बोल्न पाउनुपर्ने बताउनुभएको छ । तुलसीलाल अमात्यको २६ औं स्मृति दिवसका सन्दर्भमा बुधबार आयोजना गरेको एक कार्यक्रममा उहाँले सभामुखलाई सूचना टाँसेर सदन बन्द गर्नुस् भनेर भन्ने गरेको आरोप लागाउनुभयो ।
दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ ।
राजदूतको नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई मन्त्री बनाउँदै
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएनः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सरकारले थालेको सुशासन अभियानबाट जनतामा आशा जागेको छ : प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।
एमाले पार्टी कार्यालयमा तालाबन्दी
नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्राे दिन पनि जारी छ ।
प्रस्तावित राजदूतको सुनुवाइ सुरु
सिंहदरबारस्थित समितिको आज (बुधबार)को बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्याण्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ ।
सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताउनुभयो । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु
डा. सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण नगर्ने
नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ ।