काठमाडौैं, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि आआफ्नो धारणा र सल्लाहसुझाव राख्ने क्रम जारी छ ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राख्नुभएको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नुभएको थियो । आज पनि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नुहुनेछ ।