• २० पुस २०८१, शनिबार

संसद् अवरोध गरेर समस्याको समाधान हुँदैन : नेता कोइराला

blog

नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेस नेता डा. शेखर कोइराला । तस्बिर: भेषराज कार्की/रासस

काठमाडौं, साउन १८ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभएको छ ।

बिहीबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अवरोध गरिरहेको प्रसंग निकाल्नुहुँदै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनुभयो ।


कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो । 

‘‘अर्कोतिर संसद् चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ । बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला । आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु । सत्ता पक्षका साथीहरु पनि बोल्लान् । पक्ष विपक्ष त स्वभाविक हो ।,’’ नेता कोइरालाले भन्नुभयो, ‘‘संसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली कांग्रेसले पनि बुझ्न जरुरी छ । एउटा घटना आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरु एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’’