• ४ जेठ २०८२, आइतबार

सांसदले सदनमा बोल्न पाउनुपर्छ : एमाले अध्यक्ष ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, साउन १७ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सदनमा सांसदले बोल्न पाउनुपर्ने बताउनुभएको छ । 

तुलसीलाल अमात्यको २६ औं स्मृति दिवसका सन्दर्भमा बुधबार आयोजना गरेको एक कार्यक्रममा उहाँले सभामुखलाई सूचना टाँसेर सदन बन्द गर्नुस् भनेर भन्ने गरेको आरोप लागाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सांसद आवाज उठाउनुहुन्छ । सरकार सांसदलाई दबाब दिन्छ, सभामुखलाई भन्छ, सूचना टाँसेर संसद बन्द गर्नुस् । सांसदले बोल्न नपाउने रे ? सांसदले बोल्न पाउनु भएन । सांसद बोल्छ भनेर संसद चल्न दिइएन ।”

सभामुखलाई संसद बन्द गर्न सरकारले दबाब दिएको आरोपसमेत अध्यक्ष ओलीको आरोप छ । उहाँले भन्नुभयो, “सभामुखलाई बाध्य पारेर संसद किन रोक्छ सरकारले,  सरकारको नेतृत्वको गरेकोले केन्द्रीय समितिको बैठक एक हप्त गर्ने, एक हप्ता सदन चल्न नदिने । क्विन्टलका क्विन्टल सुन तस्कर भएको छ । यो विषयमा संसदले किन बोल्न नपाउने ?” उहाँले सुन तथा विभिन्न प्रकरणका सन्दर्भमा स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले छानबिन समिति बनाऔं भन्दा किन मान्दैन सरकार ? छानबिन गर्दै हुनुहुन्छ तर के भयो ? इलेक्ट्रिक सिग्रेटको साढे ९ किलो सुन जफत गरेर राखिएको थियो । सुनिन्छ, त्यो भन्सारबाटै चोरी भयो । भन्सार किन राखेको त्यहाँ ? खाली जनतालाई दुःख दिन राखेको ।”

उहाँले अमात्य एक इमानदार नेता रहेको स्मरण गर्नुभयो । नेपाली राजनीतीमा बलियो सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।