विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ ।
सदनको अवरोध खुलाउने विषयमा सभामुखद्वारा बैठक आव्हान
विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गर्नुभएको छ । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
माओवादी विधान सम्मेलन तयारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।
‘गठबन्धन सरकार पाँचै वर्ष’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ। उहाँले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य भएको बताउनुभयो। उहाँले अब राजनीतिक उतारचढावको स्थिति अन्त्य भएको उल्लेख गर्दै भन्नुभयो, “सबैलाई ढुक्कसँग काम गर्न अनुरोध गर्दछु। अहिलेको गठबन्धन सरकार पाँचै वर्ष रहने स्थिति भएको छ। के होला, कसो होला भन्ने दुबिधा छैन। अस्थिरता हुने स्थिति टुङ्गिएको छ।”
राप्रपा कार्यालय भवन २१ दिनभित्र हटाउने सहमति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौँ महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा उक्त सहमति भएको हो । काठमाडौँ महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो । पूर्वसूचनाबिना एक्कासि कार्यालय खाली गर्ने महानगरको निर्णयपछि राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।
राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै दलको कर्तव्य : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताउनु भएको छ ।
उपत्यकामा विशेष बस सेवा सञ्चालनबारे छलफल
काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पायो पूर्णता
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
विकासको नाममा अरुको सिको नगरौं : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा बाह्य संस्कृति भित्र्यउन नहुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किरातीले पर्यटन बिकासको नाममा अन्य देशको सिको गर्न नहुने बताउनुभएको हो ।
सबै नेता बिग्रिए भन्नु गलत हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्दा गलत हुने बताउनुभएको छ ।
उच्चस्तरीय छानबिन समिति बनेमा संसद् चल्छ : पूर्वमन्त्री बाँस्कोटा
नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने गरी गृहकार्य गर्न सरकारले मंगलबारसम्मको समय मागेको बताउनुभएको छ ।
बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ ।
सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहन्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहेको बताउनुभएको छ ।
मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा
मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।
माओवादी केन्द्रकाे विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ ।
राप्रपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक आज बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन
निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।
अग्लो राष्ट्रिय झण्डाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादव
११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।
नेकपा (एस) तनहुँको अध्यक्षमा श्रेष्ठ चयन
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला पार्टी कार्यालय दमौलीमा आइतबार सम्पन्न भएको विस्तारित बैठकले रिक्त रहेको पदमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।