• १४ मंसिर २०८१, शुक्रबार

नेकपा (एस) तनहुँको अध्यक्षमा श्रेष्ठ चयन

blog

अमरराज नहर्की

तनहुँ, साउन १५  गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन हुनुभएको छ ।  जिल्ला पार्टी कार्यालय दमौलीमा आइतबार सम्पन्न भएको विस्तारित बैठकले रिक्त रहेको पदमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।

यसअघि नेकपा एस तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका थिए । कार्की पुरानै घर एमालेमा फर्किएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । तत्कालीन नेकपा एमालेसँग वैचारिक मतभेद देखाउँदै माधवकुमार नेपालको नेतृत्वमा गठन गरिएको नेकपा एस तनहुँको अध्यक्षमा कार्की अध्यक्षमा चयन हुनु भएको थियो ।  रिक्त भएपछि पार्टीको प्रदेश सदस्य समेत रहनु भएका श्रेष्ठलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।  पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भेला गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले  खारिएको एवम् सबैले मान्न सक्ने र सबैलाई मनाउने सक्ने नेताको परिचय बनाउनुभएका व्यक्तिलाई अध्यक्ष बनाउँदा पार्टीको गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

 केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्यानाथ ढकाल, केन्द्रीय सदस्यहरू कलिला खान, भक्तबहादुर रसाइली लगायतले पार्टीमा गम्भीर समीक्षा गरेर तनहुँमा गतिविधि चलायमान बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।  अध्यक्ष कार्की हालै एमालेमै फर्किएपछि पार्टीले श्रेष्ठको नेतृत्वमा पार्टी पुनर्गठन गरेको हो । बैठक जिल्ला कमिटी सदस्यमा थप ११ सदस्य मनोनीत गरेको छ । सदस्यमा मनोनीत हुनेमा बालकृष्ण कँडेल, डिल्लीराम शर्मा, लक्ष्मण परियार, मनीराज आले, कुशल अधिकारी, घनश्याम सुवेदी, गणेश मगर, राजेश परियार, लीलबहादुर थापा, सूर्य सुवेदी र सरस्वती बस्ती रहनु भएको छ ।


अध्यक्षमा चयन हुनु भएका काजीमान श्रेष्ठ । तस्बिर: अमरराज