काठमाडौँ, साउन १६ गते । विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गर्नुभएको छ । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
मङ्गलवार (बिहान) प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्नु भई उहाँले बैठक तय गर्नुभएको सचिवालयले जनाएको छ । सभामुखले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभएको थियो ।