प्रधानमन्त्री प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुभारम्भ गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान सो अभियानको उहाँले शुभारम्भ गर्नुभएको हो ।
सभापति देउवाद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनुभएको छ ।
कांग्रेसले गर्यो १५ विभाग प्रमुख चयन
नेपाली कांग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ ।
आजदेखि माओवादीको विशेष रूपान्तरण अभियान सुरु
नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ ।
नेकपा (माओवादी केन्द्र) काे आजदेखि विशेष रूपान्तरण अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सदस्यता आठ लाख पु-याउने उद्देश्यसहित ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को शनिबार उद्घाटन गर्ने भएको छ । २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले तीनमहिने अभियान गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
सांसदको कुरा सम्बोधनमा सरकारले ध्यान दिएन : सचेतक बर्तौला
नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ ।
राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।
भ्रष्टाचार विरोधी अभियान महाअभियान बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि अनेकखालका दबाब भए पनि सुशासनको काम नरोकिने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
एमाले महासचिव पोखरेलको टोली चीन भ्रमणमा जाँदै
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ ।
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नक्साबारे छलफल हुन्छ : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी सिनेटर होलेन नेपालमा
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज काठमाडौं आइपुग्नु भएको छ ।
कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो ।
गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।
कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा. कोइराला
आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।
‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान
सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ गर्दै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
राप्रपाको पार्टी कार्यालय नभत्काउन अदालतको आदेश
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।
माओवादीको तीनमहिने अभियान,पार्टी वडामा केन्द्रित हुँदै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शुव्रmबारभित्र सकिने नेताहरूले बताएका छन्।
राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो।
वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरीलाई प्रमुख साहको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ।