• १२ मंसिर २०८१, बुधबार

सभापति देउवाद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

blog

पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं, भदौ १६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

सभापति देउवाले आज (शनिबार) अस्पतालमा नै पुगेर उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

उपप्रधानमन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना हुनुभएको थियो । उहाँको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

शल्यक्रियापछि अस्पतालकै वार्डमा रहनुभएका उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिनुभयो ।