सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबिच न्यूनतम साझा सहमति आवश्यक छ : सांसद राना
नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस एवम् छलफलमा आज आफैँ सहभागी हुने अवसर पाउनुभएको छ ।
दश करोडमा घर किन्दै एमाले
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभयो ।
संविधानको पुनरावलोकन गरिनुपर्छ : काँग्रेस नेता लेखक
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ ।
सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आयौं : मुख्यमन्त्री कार्की
सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन्।
राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ ।
बैठकले पार्टीलाई चलायमान बनाएको छ : केन्द्रीय सदस्य डा. राणा
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले चाँडोचाँडो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको बताउनुभएको छ ।
बालकुमारी घटना : दुई सुरक्षा अधिकारीसहित तीन जनाको निलम्बन
गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ।
राजा वीरेन्द्रको जन्मजयन्तीमा योगदानको चर्चा
राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ । राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व.वीरेन्द्र : बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
अर्थमन्त्रीद्वारा मुलुकको आर्थिक अवस्थाबारे कांग्रेस केन्द्रीय कार्यसमितिलाई जानकारी
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराउनुभएको छ ।
बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग
जनता समाजवादी पार्टी (जसपा) नेपालले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरूले शुक्रबार बालकुमारीमा गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको निधन भएको घटनामा सत्य तथ्य छानबिन हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ ।
बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।
गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली-चिसापानी-जङ्गलघाट-बडिमालिका-गैरिटाँड-कमलबजार-बास्काँडा सडकअन्तर्गत (गैरिटाँड-कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गर्नुभएको छ ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
विकास आयोजना समयमै सम्पन्न गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।
बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।
सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।
माओवादीको अभियान समापन हुँदै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा धारणा बुझाउने
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका हुन् ।
अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।