• ८ असार २०८१, शनिबार

गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास

blog

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा । फाइल तस्बिर

अछाम, पुस १४ गते । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली-चिसापानी-जङ्गलघाट-बडिमालिका-गैरिटाँड-कमलबजार-बास्काँडा सडकअन्तर्गत (गैरिटाँड-कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गर्नुभएको छ । 

डडेलधुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुग्नुभएका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताउनुभयो । 

उहाँले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । गैरिटाँड-कमलबजार-बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार छ । रासस