ताप्लेजुङबाट माओवादीले पठायो प्रत्यक्षतर्फ उम्मेदवारको नाम
नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको हो।
छ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
सरकारले विभिन्न मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न पदका छ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना, कार्यक्रम र समितिमा आवश्यक राजपत्राङ्कित श्रेणी वा सोसरहका विभिन्न अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पुर्याउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पुर्याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार पत्रकार महासंघका प्रतिनिधिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
सहमतिमै नागरिकता विधेयक : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई सरकारले आफ्नो ढङ्गले अगाडि बढायो भनेर गरिएको चर्चा गलत भएको बताउनुभएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलक्रममा मन्त्री खाणले यस्तो बताउनुभएको हो। सबै राजनीतिक दलसँग सहमति भएरै नागरिकता विधेयकका विभिन्न प्रावधान आएको उहाँले दाबी गर्नुभयो। नागरिकता ऐन–२०६३ र नेपालको संविधानमा गरिएको नागरिकतासम्बन्धी सबै व्यवस्था राजनीतिक दलको सहमतिमा आएको र ती व्यवस्था नै अहिलेको विधेयकमा रहेको उहाँले उल्लेख गर्नुभयो।
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउनेः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जनादेश लिन तनहुँबाट उम्मेदवार बन्न चाहन्छु : वरिष्ठ नेता पौडेल
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी निर्वाचनमा तनहुँको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ ।
नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीसहित कांग्रेस नेताद्वारा राष्ट्रपतिसँग नागरिकता विधेयकमा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले समसामयिक विषयमा छलफल गर्नुभएको छ ।